पोखरा र म्याग्दीमा डेंगुको विरामी भेटिए

पोखरा, २१ वैशाख / पोखरा र म्याग्दीमा डेंगुका विरामी भेटिएका छन् । पोखरामा १ जना र म्याग्दीमा ४ जना गरि ५ जनामा डेंगु देखीको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

उनले डेंगु देखिएका विरामीहरु घरमा नै उपचाररत रहेको बताए । डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्ने शर्माले बताए । यो प्रजातिका लामखुट्टेले सफा जमेको पानीमा अण्डा पार्ने र दिऊसो र साँझपख मानिसहरुलाई टोक्दा डेंगु देखिने गर्दछ ।

डेंगुका लक्षणहरु

बिरामीहरुमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, शरीर दुख्ने हुन्छ । त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता आउने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।

शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।

तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ ।

शरीरमा प्लेटलेटको सख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ । सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ ।

कमेन्टहरु
Loading...