#NepalBudget बजेटः स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट

काठमाडौं, १५ जेठ / सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गरे ।

सरकारले तीन सय शैयाको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले तीन सय शैयाको सरुवा रोग अस्पताल स्थापना गर्ने बताए ।

सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने उनले बताए । स्वास्थ्य पूर्वाधार विकास लागि सरकारले १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको जानकारी दिए ।

त्यसै गरी स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बिनियोजन गरेको छ । ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने ।

कमेन्टहरु
Loading...