नेपालमा कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पताल भर्ना

काठमाडौँ, १८ फागुन / नेपालमा कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरेको छ ।

चीनबाट एकजना र कोरियाबाट तीनजना गरी चारजनालाई भर्ना गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले जानकारी दिए ।

डा. बास्तोलाले कोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको बताए । भर्ना गरिएकाहरु सबै पुरुष हुन् ।

हालसम्म नेपालमा जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

कोरोना भाइरस
कमेन्टहरु
Loading...