गण्डकी प्रदेशमा कोरोना कहर चलिरहेका बेला डेंगु र स्क्रब टाईफसको आक्रमण

पोखरा, १९ जेठ / कोरोनाको कहर चलिरहेका बेला गण्डकी प्रदेशमा डेंगु र स्क्रब टाईफसका विरामी बढेका छन् ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगुका १६ जना र स्क्रब टाईफसका ३ जनामा संक्रमण देखीएको छ ।

म्याग्दीमा ९ जना, कास्कीमा ५ जना, नवलपुर र बागलुङमा एक एक जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । त्यसै गरी म्याग्दीमा ३ जनामा स्क्रब टाईफस देखीको उनले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भन्दै शर्माले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिए । गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर, गमला, बोटल लगायतमा पानी जन्न नदिन र सफाइमा ध्यान दिनुपर्ने बताए ।

कमेन्टहरु
Loading...