गण्डकी प्रदेशमा बिहीबार मात्रै थप ७७ जनामा कोरोना संक्रमित

पोखरा, ४ असार/ गण्डकी प्रदेश बिहीबार थप ७७ जनामा कोरोना संक्रमण देखी सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ३ सय २४ पुगेको छ । नवलपुरमा ३१, तनहुँमा १५, गोरखामा ११, स्याङजा ९, पर्वतमा ९, बागलुङ र मनाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेशमा मुस्ताङ बाहेकका १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

स्याङजाको आधिखोला गाउँपालिकामा दुई जना पुरुष र दुई जना महिला, कालिगण्डकी गाउँपालिकामा ५ जना पुरुष संक्रमण देखिएको छ । उनीहरु १३ देखी ७२ वर्ष उमेर समुहका छन् । पर्वतको कुश्मा नगरपालिकामा ३ जनामा कोरोना पुष्टि भएको छ । दुई पुरुष र एक महिलामा देखीएको हो । मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३० बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको शर्माले जानकारी दिए ।

फलेबास नगरपालिकाका ४ जनामा पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको उनले बताए । उनीहरु सबै भारतबाट फर्किएका हुन् । उनीहरुलाई कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले बताए ।

त्यसै गरि नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । दुई जनाको भने नखुलेको निर्देशक शर्माले जानकारी दिए । यसैगरी नवलपुर कै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । त्यसैगरी हुप्सेकोट गाउँपािलकाका ९ जना र विनयत्रिबेणी गाउँपालिाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङको गल्कोट नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए ।

तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् । यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।

गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमाको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेका हुन् । गण्डकी प्रदेशमा अहिले सम्म २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...