गण्डकी प्रदेशमा पाँच जना बालबालिकामा दादुरा

पोखरा, २२ वैशाख/ गण्डकी प्रदेशका दुई जिल्लामा गरि पाँच जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । गोरखामा ४ जना र नवलपुरमा १ जनामा दादुराको संक्रमण देखिएको हो ।

गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिका र नवलपुरका एक बालकमा दादुराको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र नवलपुरका चितवनको प्रयोगशालामा पठाइएको थियो । आइतबार आएको रिपोर्ट अनुसार उनीहरुमा दादुराको संक्रमण देखिएको शर्माले बनाए ।

संक्रमित हुनेहरु ६ महिनादेखि १७ बर्षसम्मका रहेको उनले बताए । उनले दादुराको औषधी भनेको खोप नै भएपछि कतिपयले आफ्ना बालबालिकालाई खोप नलगाउदा संक्रमण देखिएको बताए ।

कमेन्टहरु
Loading...