कोरोना कहर चलिरहेका बेला गण्डकी प्रदेशमा डेंगु र दादुराका विरामी

पोखरा, २२ वैशाख / कोरोना भाइरस (कोभिड १९) ले विश्वभर समस्या झेली रहेका बेला गण्डकी प्रदेशमा डेंगु र दादुराका विरामी भेटिएका छन् । कास्की १ जना र म्याग्दीमा ४ जना गरि ५ जनामा डेंगुका संक्रमण देखीको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी गोरखामा ४ र नवलपुरमा १ जना गरि ५ जनामा बालबालिकाम दादुरका विरामी भेटिएको उनले बताए । उनले डेंगु देखिएका विरामीहरु घरमा नै उपचाररत रहेको बताए । डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।

एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्ने शर्माले बताए । यो प्रजातिका लामखुट्टेले सफा जमेको पानीमा अण्डा पार्ने र दिऊसो र साँझपख मानिसहरुलाई टोक्दा डेंगु देखिने गर्दछ ।

गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिका र नवलपुरका एक बालकमा दादुराको संक्रमण देखिएको निर्देशक शर्माले जानकारी दिए । दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र नवलपुरका चितवनको प्रयोगशालामा पठाइएको थियो ।

आइतबार आएको रिपोर्ट अनुसार उनीहरुमा दादुराको संक्रमण देखिएको शर्माले बनाए । संक्रमित हुनेहरु ६ महिनादेखि १७ बर्षसम्मका रहेको उनले बताए । उनले दादुराको औषधी भनेको खोप नै भएपछि कतिपयले आफ्ना बालबालिकालाई खोप नलगाउदा संक्रमण देखिएको बताए ।

कमेन्टहरु
Loading...