दिल्लीको एपोलोमा उपचार गर्दा सस्तोमै उपचार

पोखरा, १० फागुन /ख्यातिप्राप्त भारतीय अस्पताल इन्द्रप्रस्थ एपोलोले युरोलोजीका बिरामीको उपचारमा नेपालीलाई पनि भारतीय सरह सुविधा दिने जनाएको छ । सिंगापुर वा युरोपकै गुणस्तरको उपचार १५ गुना सस्तोमा दिल्लीमै गर्ने अस्पतालका डा सुजित चौधरीले जानकारी दिए ।

रोबर्टबाट बिना अप्रेसन पिसाब र मुत्रथैलीसम्बन्धी रोगको उपचार गरिने उनले जनाए । ‘नेपालीको गच्छेले भ्याउने खर्चमा उपचार हुन्छ’, उनले भने, ‘हाम्रो भाषा, जीवनशैली र संस्कृति मिल्दोजुल्दो छ, त्यसैले बिरामीका लागि सहज वातावरण मिल्छ ।’

साना नानीहरुको मुत्रसम्बन्धी रोगको उपचार पनि पेट नचिरीकनै दुरबिन र रोबर्टबाट गर्ने प्रविधि आफूहरुसँग रहेको डा. चौधरीले बताए । डाक्टर अशुंमान अग्रवालले पिसाब चुहिने लगायत उपचार धेरै सजिलोसँग सस्तोमा गरिने जानकारी दिए । ‘सिंगापुर र बेलायतमा पनि उपकरण उही हो, तर हाम्रोमा जनशक्ति र भौतिक पूर्वाधारमा खर्च कम हुने हुँदा उनीहरुकहाँभन्दा सस्तोमा उपचार सम्भव छ’, उनले भने ।

डा. चौधरीले भारतमा बिमासम्बन्धी कार्यक्रम ‘आयुष्मान भारत’ले ५ लाख भारुसम्मको कभर गर्दै आएकोमा त्यसभन्दा कमैमा पनि उपचार भइरहेको जानकारी दिए । युरोलोजीको उपचारमा आफूहरुलाई धेरै सफलता मिलेको जनाउँदै डा. अग्रवालले बिरामीलाई उपचारभन्दा रोकथाममै सजग हुनुपर्नेचाहिँ सुझाए ।

‘बेलैमा उपचार नगरे उमेर बढ्दै जाँदा मृगौला फेल हुने, लिभरमा समस्या देखिने हुन्छ’, उनले भने । युरोलोजीसँग सम्बन्धित क्यान्सरको उपचारमा पनि आफूहरु सफल रहँदै आएको उनको भनाइ थियो ।

कमेन्टहरु
Loading...