थप १३ जनाा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ जना पुग्यो

काठमाडौं, १९ जेठ / नेपालमा सोमबार २३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए सँगै संक्रमितको सख्या १ हजार ८ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ थप १३ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । थपिएका सबै प्रदेश ५ का रहेका छन् ।

पाल्पाका निस्दी गाउँपालिकाका दुई जना, नवलपरासीका ६ बर्षिइ बालक, गुल्मी रेखुंगा नगरपालिका एक जना, कपिलबस्तु मायादेवी गाउँपालिकाका ७ जना पुरुष र रुपन्देही गैडहवा गाउँपालिकाका ३ बर्षिया बालिका र एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

दिऊसो भएको प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दैलेखमा ४१ जना, जुम्लामा १९ जना, सल्यानका १० जना, सुर्खेत बराहतालका ५ जना, कपिलवस्तुमा ४० जना संक्रमित थपिएको जानकारी दिए ।

त्यसै गरि रौतहटमा १८ जना, बाँकेमा ७ जना, दाङका ९ जना, धनुषामा ७ जना, सिराहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीका ३८ जना, कैलालीमा १४ जना, झापामा दुई जना, नवलपुरमा ३ जना संक्रमित थपिएका छन् ।

कञ्चनपुर, अछाम, बैतडी, मकनपुर, काठमाडौं र डोटीमा एक एक जनामा थपिएका छन् । अहिले सम्म २२१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...