पोखरामा हवाई सेवा बन्द हुँदा कोरोनाको (स्वाब) परीक्षणमा समस्या

पोखरा, १४ चैत /नेपालमा लकडाउन भएपछि पोखरा काठमाण्डौ हवाई उडान नहुँदा कोरोना भाइरस सक्रंमणका शंकास्पद विरामीको कोरोना (स्वाब) परीक्षणमा समस्या भएको छ ।

हवाइजहाजबाट स्वाब परीक्षणका लागि टेकु, काठमाडौँ पठाउने गरीए पनि लकडाउन पछि गाडीमा पठाउदा समय लाग्ने गरेको छ ।

शंकास्पद बिरामीको स्वाब परीक्षणका लागि एम्बुलेन्सबाट काठमाण्डौ पठाउनुको विकल्प नभएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य क्षेत्रबाट परीक्षणका आएकाहरुको तत्कालै पठाउन अप्ठेरो बनेको बताए ।

पोखरा परीक्षणका प्रविधि नहुँदासम्म समस्या हुने उनको भनाई छ । उनले विहीबार मात्रै तीन जनाको संकलन गरेर काठमाडौ गाडी मार्फत पठाएको बताए ।

कमेन्टहरु
Loading...