कोरोना भाइरसः ५ हजार ४ को मृत्यु, भारतमा थप एक जनाको मृत्यु (कुन देशमा कति सहित)

पोखरा, १ चैत / इटलीमा थप २५० जनाको ज्यान गएपछि कोरोनाभाइरस ( coronavirus) सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सख्या ५ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

कोभिड–१९ का कारण चीनमा पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएको छैन । चीनमा संक्रमण नियन्त्रण आउदै जादाँ नेपालको अर्को छिमेकी देश भारतमा यही संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चीनमा अहिले सम्म सबै भन्दा धेरै ३ हजार १ सय ७७ जनाको ज्यान गई सकेको छ । त्यसै गरि इटलीमा १ हजार २ सय ६६ जना, इरानमा ५ सय १४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा इनारमा ८५ जना, स्पेनमा ४७ जना, फ्रान्समा १८ जनाको ज्यान गएको छ ।

अहिले सम्म १ सय ४५ देशमा कोरोनाका भाइरस फैलिएको छ । विश्वभरि झन्डै १ लाख ४५ हजार जनामा सङकमण भएको पुष्टि भएको छ । त्यस मध्ये ७१ हजार १ सय ६९ जनालाई निको भएर घर फर्किसकेका छन् ।

कमेन्टहरु
Loading...