थप दुई जनामा कोरोना संक्रमण

पोखरा, १९ वैशाख / नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देही र बाँकेमा नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

दुबैको अवस्था सामान्य रहेको उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखीएको बताए । नेपालमा कोरोना संक्रमितको सख्या ५९ जना पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...