कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख १८ नाघ्यो, इरानमा एकैदिन ४७५ जनाको मृत्यु (कुन देशमा कति सहित)

एजेन्सी / कोरोना भाइरसबाट संक्रमितहरुको विश्वभर संख्या २ लाख नाघेको छ । बिहीबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख १८ हजार ९ सय ५३ जना पुगेको छ ।

सबैभन्दा बढी चीनमा ८० हजार ८ सय ९४ जनामा संक्रमण देखिए पनि उपचार गरेर फर्किनेको संख्या ६९ हजार ६ सय १४ रहेको छ । चीनमा अहिलेसम्म ३२ सय ३४ जनाको मृत्यु भइसकेको छ । चीनपछि इटालीमा सबैभन्दा बढी मृत्यु भएको पाइएको छ ।

इटालीमा अहिले २ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने ३५ हजार ७ सय १३ जनामा संक्रमणको पुष्टि भएको छ । तर इटालीमा उपचार गरेर फर्किनेको संख्या निकै न्युन देखिएको छ । इटालीमा ४ हजार २५ जना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु भएको छ । इरानमा पछिल्लो २४ घण्टामा बढी १४७ जनाको मृत्यु भएको छ भने इरानमा मृत्यु हुनेको संख्या ११३५ पुगेको छ ।

इरानमा १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने चौबिस घण्टाभित्र ११ सय ९२ जनामा संक्रमण देखिएको छ । स्पेनमा १ सय ५ जनाको मृत्यु भएको छ भने १४ हजार ७ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ६ सय ३८ पुगेको छ ।

फ्रान्समा अहिलेसम्म २ सय ६४ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ३४ जनामा संक्रमित पुष्टि भएको छ । विश्वभर अहिलेसम्म ८ हजार ९ सय ५२ जनाको मृत्यु भइसेकेको छ । अहिले विश्वका १७३ देशमा फैलिइसकेको छ ।

कमेन्टहरु
Loading...