कोरोना भाइरसबाट चीनबाहिर एक जनाको मृत्यु

काठमाडौं, १९ माघ/ कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर एक जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेको जनाएको छ ।

फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको अन्तराष्ट्रिय समाचार सस्थाहरुले जनाएका छन् ।

चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । हालसम्म ३०५ जनाको ज्यान गइसकेको छ ।

कमेन्टहरु
Loading...