पोखराको चरक अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु

कृष्ण आचार्य
पोखरा, ९ माघ/ पोखराको चरक मेमोरियल अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु भएको छ । नागढुङ्गा र नयाँबजार बाट सेवा दिदैं आएको चरक अस्पतालले नागढुङ्गामा रहेको आफ्नै नयाँ अत्याधुनिक भवनबाट कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) सेवा सुरु गरेको हो ।

कपाल प्रत्यारोपण सेवा चरक अस्पतालको छाला, एलर्जी तथा कपाल प्रत्यारोपण बिभागबाट दिन थालिएको डाक्टर प्रबिण बानियाँले जानकारी दिए । सुरक्षीत रहेको अमेरिकन प्रबिधीको मानब सहयोगी स्वचालित प्रत्यारोपन बिधीबाट उक्त सेवा दिईने डाक्टर बानियाँले बताए ।“ यो बिश्वको सबैभन्दा छिटो र सुरक्षीतका साथै नतिजामुखी प्रबिधी हो ” उनले भने ।

कपाल प्रत्यारोपण भनेको आफ्नै शरीरको कुनै भागको कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्ने प्रक्रिया भएकोले टाउकोको पछाडिको भाग, साइडको भाग, दाह्री अनि छातीको कपाललाई निकालेर कपाल नभएको ठाउँमा प्रत्यारोपण गरिने डाक्टर बानियाँ जानकारी दिए ।जुन कपाल कहिल्यै नझर्ने र रोपेको कपाल बढ्ने पनि भएकोले कपाल प्रत्यारोपण सेवा कपाल झरेर हैरान भएका र आफ्नो सौन्दर्य बिग्रिएकोमा चिन्ता गर्नेहरुका लागि उपयुक्त बिकल्प हुन सक्ने उनले बताए ।

कपाल प्रत्यारोपण
कपाल प्रत्यारोपण

सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा बेहोश बनाउनु नपर्ने तर कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसीया दिएर काम गरिने उनको भनाई छ । “ यसरी रोपेको कपाल ४ देखि ९ हप्ताको बिचमा ७० प्रतिशत सम्म झर्छ तर त्यहि रोपेको ठाऊँबाट १० हप्ता देखि कपाल उम्रन सुरु हुन्छ । प्रत्यारोपण गरेको कपाल स्थायी हुन्छ । यसरी उम्रिसकेको कपाल भने झर्दैन । प्रत्यारोपण गरेको कपाल हेर्दा पहिलाको जस्तै देखिन्छ ।” डाक्टर बानियाँले भने ।

डाक्टर बानियाँका अनुसार हेयर ट्रान्सपलान्टका लागि ट्रिम गरेर छोटो बनाइएको कपाललाई विषेश प्रकारको मेसिको सहायताले निकालिन्छ । कति ठाँउका लागि कति कपाल चाहिन्छ भन्ने निक्र्योल गरेपछि त्यति नै कपाल निकालिन्छ । रौं उखेलिसके पछि मेसिन कै सहायताले कपाल रोप्ने गरिन्छ । हेयर ट्रान्सप्लान्टको कुनै नकारात्मक असर हुँदैन ।

चरक अस्पतालमा एउटा कपाल प्रत्यारोपण गर्दा ६५ रुपैयाँ सेवा शुल्क लाग्ने बताईएको छ । बिगत ६ बर्ष देखि पोखराको नयाँबजारबाट सेवा दिदैं आएको चरक मेमोरियल अस्पतालले अहिले नागढुङ्गामा रहेको आफ्नै नयाँ अत्याधुनिक भवनबाट पनि सेवा सुचारु गरेको जनाएको छ ।

कमेन्टहरु
Loading...