फिजियो थेरापी दिवसमा निःशुल्क फिजियो थेरापी उपचार

पोखरा, २३ भदौ/विश्व फिजियो थेरापी दिवसको अवसरमा पोखरामा गरिएको निःशुल्क फिजियो थेरापी सेवाबाट

७० बढी लाभान्वित भएका छन् । नेपाल फिजियो थेरापी संघ गण्डकी प्रदेशको आयोजनामा पोखराको

नयाँबजारस्थित हरिबास न्यूरो अर्थो फिथियो थेरापी क्लिनिकमा आयोजित निःशुल्क फिजियो थेरापी सेवाबाट

उनीहरु लाभान्वित भएका हुन् ।

विहान ८ बजेदेखी दिउँसो १ बजेसम्म गरिएको निःशुल्क उपचारमा संघका अध्यक्ष खड्ग गुरुङ, डा.शिव तिवारी,

डा.अच्युत पाण्डे, डा.प्रविन त्रिपाठी, डा.मिना पुन, डा.विवेक लम्शाललगायत खटिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले फिजियो थेरापीबारे जानकारी नहुँदा

उपचार लिन कमैमात्र विरामी आउने गरेकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । उनले फिजियो थेरापी

उपचारको अन्तिम विकल्पको रुपमा लिइनेगरेको प्रसंग कोट्याउँदै यसलाई पहिलो विकल्पका रुपमा स्थापित गर्न

सके विरामीले कम खर्चमा समयमै उपचार पाउने बताए । उनले फिजियो थेरापीको प्रचारप्रसार गरी जनमानसमा

यसको महत्व बुझाउन मिडियाले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

 

संघका प्रदेश अध्यक्ष डा.खड्ग गुरुङले समस्याग्रस्त अवस्थामा बच्चा जन्मेदेखी, शारिरिक र मानसिक समस्या

भएका सबै मानिसका लागि फिजियो थेरापी आवश्यक हुने बताए ।

 

कमेन्टहरु
Loading...