क्षमता भन्दा वढी यात्रु चढाउने ७० वटा सार्वजनिक सवारी साधनलाई कारबाही

पोखरा २९ भदौ /क्षमता भन्दा बढी यात्रु चढाएर राजमार्गमा यात्रा गर्ने सार्वजनिक सवारी साधनलाई कास्की

प्रहरीले कारबाही थालेको छ । जसअन्तर्गत शुक्रबार शिद्धार्थ राजमार्गमा चल्ने ७० वटा सार्वजनिक सवारी साधन

कारबाहीमा परेका छन् । शुक्रबार २ सय ५० वटा सवारीहरु चेकजांचको क्रममा कारबाहीमा परको जिल्ला प्रहरी

कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए । चाडवाडको वेला क्षमता भन्दा वढी यात्रु

चढाएरर यात्रा गराउदा दुर्घटना हुन सक्ने भन्दै कास्की प्रहरीले राजमार्गमा छड्के चेकजांच गर्ने क्रममा शुक्रबार

शिद्धार्थ राजमार्गमा चल्ने ७० वटा सार्वजनिक सवारी कारबाहीमा परेका हुन ।

गुरुङका अनुसार चाडपर्वको वेलामा सीट क्षमता भन्दा वढी यात्रु बोक्ने सवारी साधन दुर्घटना हुन सक्ने,

विभिन्न लागुऔषध, घरेलु मदिरा, हातहतियारहरु भित्रिन सक्ने भएकाले राजमार्ग चेकजांचलाई कडाइ समेत

गरिएको छ । शुक्रबार मात्रै ७० वटा बस, ८० कार, मोटरसाइकल, १०० र अन्य १० वटा सवारी र १५ वटा

सवारीका कागजपत्र कारबाहीका लागी लगिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । शुक्रबारमात्रै

चेकजांचको क्रममा २० हजार राजश्व संकलन भएको छ ।

कास्की प्रहरीले चाडपर्वको समयमा सार्वजनिक सवारी साधनले क्षमता भन्दा वढी यात्रु चढाउदा दुर्घटना

निम्तिन सक्ने भन्दै सवारी चालकहरुलाई समेत सचेत गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...