सागका लागि बजेटले अवरोध हुदैन – अर्थमन्त्री खतिवडा

पोखरा, ४ असोज/ अर्थमन्त्री युवराज खतिवडाले १३ औं दक्षिण एशियाली खेलकुदको लागि पुर्वाधा निर्माणको निरिक्षण गर्दै तयार पार्न बजेटले अवरोध नहुने बताएका छन् । ‘पुर्वाधारको लागि स्रोत सुनिश्चित गरेका छौं ।’ उनले भने–‘पुर्वाधार तयार पार्न बजेटले अवरोध हुदैन् ।’

अर्थमन्त्री खतिवडाले पुर्वाधारको कामलाई युद्धस्तरमै लैजान जोड दिए । दिनगन्तीले सागको लागि ७३ दिन मात्रै बाँकी छ । ‘हरेक दिनलाई गणना गरेर काम गर्ने हो भने पुर्वाधार तयार हुन्छ ।’ मन्त्री खतिवडाले भने–‘त्यसको लागि युद्धस्तरमै काम गर्नुपर्छ ।’ उनले ३६ दिनमा ३ हजार दर्शक अटाउने पुर्वाधार बनाएर बौद्ध सम्मेलन गरिएको प्रसंग उठाउँदै हरेक दिनलाई गणना गरेरै काम गर्नुपर्ने बताए । साग गेम्सको केही इभेण्ट पोखरामा आयोजना हुने छन् । उनले साग गेम्ससँगै पोखरालाई स्पोर्टस टुरिज्म हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले खेलकुदलाई संविधानमा मौलिक अधिकार भित्र नरहेकोले खेलकुदमा बजेट धेरै नछुट्एको पनि बताए । सरकारले सागका लागि १ अर्ब रुपैयाँ छुट्टाएको छ । जसमध्ये ४० करोड रुपैयाँ पुर्वाधारमा खर्च गर्ने गरी छुट्टाइएको छ । पोखरामा ८ खेल आयोजना गरिने छ ।

महिला फुटबल, आर्चरी, ह्याण्डबल, ट्रायथोलन, महिला क्रिकेट(प्रस्ताव), प्याराग्लाईडिङ, भारोत्तोलन तथा बिच भलिबल प्रतियोगिता आयोजना गरिने छ । महिला फुटबलको लागि पोखरा रंगशाला फुटबल मैदान निर्माणाधिन छ । दशैं अघि ट्रयाक एण्ड फिल्डको लागि सिन्थेटिक ट्रयाक राख्ने काम सकिने मन्त्री खतिवडालाई निरिक्षणको क्रममा ठेकेदार कम्पनीका पदाधिकारीले सुनाए ।

फुटबल बाहेक अन्य सागका पुर्वाधारहरु भने तयार भएका छैनन् । पुर्वाधार तयार पार्न नीतिगत निर्णय भएको छैन् । उपभोक्ता समिति मार्फत वा टेण्डर आह्वान मार्फत काम गर्ने भन्ने ठोस निर्णण गरिएको छैन् । त्यसले गर्दा पुर्वाधार समयमै हुन्छ भन्ने चिन्ता खेलकुदप्रेमीलाई थपिएको छ । निरिक्षणकै क्रममा हतारिएर काम गर्दा गुणस्तरीयताप्रति समेत सचेत हुनुपर्ने मन्त्री खतिवडाले जनाए ।

कमेन्टहरु
Loading...