पोखरामा राष्ट्रिय महिला भलिवल प्रतियोगिता जारी, लिगचरणका खेल सकियो, मंगलबार सेमिफाईनलका खेलहरु हुने

सागर राज तिमिल्सिना
पोखरा २९, पुष/प्रथम लुम्बिनी च्याम्पीयनशिप २०७० अन्र्तगत पोखरामा जारी १८ औं संस्करणको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा सोमबार लिगचरणका खेलहरु सकिएका छन् । मंगलबार पहिलो सेमिफाईनल खेलमा समुह एको बिजेता विभागिय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लवले समुह बीको उपविजेता मध्यमाञ्चलसंग प्रतिष्पर्धा गर्ने भएको छ । एपिएफले लिगचरणका तीन खेलमा जित हासिल गरी ६ अङकका साथ शीर्ष स्थानमा रहदै समुह एको विजेता भएको हो । मध्यमाञ्चलले लिगका दुई खेलमा एकमा जित एकमा हार व्यहोरेको थियो ।

पोखरामा जारी राष्ट्रिय महिला भलिवल प्रतियोगिता हेदै दर्शकहरु
पोखरामा जारी राष्ट्रिय महिला भलिवल प्रतियोगिता हेदै दर्शकहरु

दोश्रो सेमिफाईनल खेलमा समुह बीको उपविजेता पश्चिमाञ्चल बिरुद्ध समुह एको विजेता विभागिय टोली नेपाल पुलिस क्लव बिच खेल हुने भएको प्रतियोगिताका प्राविधिक संयोजक नारायण भण्डारीले बताए । पुलिसले लिगका दुई खेलमा जित हासिल ४ अङकका साथ समुह बीको विजेता हुदै समुह एको उपविजेता डिफेण्डीङ च्याम्पीयन पश्चिमाञ्चलसंग प्रतिष्प्रर्धा गर्ने भएको हो । पश्चिमाञ्चलले लिगका तीन खेल मध्य दुईमा जित एकमा हार व्यहोरेको थियो । अन्तराष्ट्रिय खेलाडी सिपोरा गुरुङ सोमबारको खेलमा मैदानमा उत्रिएकी थिईन । लेगामेन्ट च्यातीयर दुई बर्षदेखि भलिवल कोर्टमा नदेखिएकी गुरुङ सोमबारको खेलमा मैदानमा उत्रिदा दर्शकहरुले उनको समर्थनमा हुटिङ गरेका थिए ।

पोखरा रंगशालामा सोमबार भएको लिगचरणको पहिलोे खेलमा एपिएफले सुदुरपश्चिमाञ्चलले २५–१०, २५–६,२५–७ को सोझो सेटमा पराजित गर्दै एपिएफले आफनो अपराजित यात्रा जारी राखेको हो । घरेलु मैदानमा अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको कप्तानीमा उत्रिएको पश्चिमाञ्चलले पुर्वाञ्चल माथि शान्दार जित दर्ता गर्यो । पश्चिमाञ्चलले पुर्वाञ्चल माथि २५–१८, २५–१२, २५–१५ को सोझो सेटमा पन्छाएको हो ।

लिगचरणको अन्तिम खेलमा पुलिसले मध्यमाञ्चल माथि २५–२०,२५–२२ र २५–१५ को सोझो सेटमा पराजित गर्यो । दुई विभागिय सहित ७ टिमको सहभागि रहेको उक्त प्रतियोगिताबाट समुह बीमा रहेको मध्यपश्चिमाञ्चल लिग चरणका दुई खेलमा पराजितसंगै बाहिरिएको छ । समुह बीबाट सहभागि भएको सुदुरपश्चिमाञ्चल लिग चरणका ३ खेलमा लगातार पराजितसंगै प्रतियोगिताबाट बाहिरिदा समुह एकै पुर्वाञ्चल समेत बाहिरिएको हो । पुर्वाञ्चलले लिगका दूई खेलमा पराजित भए पनि एक खेलमा जित हासिल गरेको थियो । प्रतियोगिताबाट बाहिरिएका टोलीलाई नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष एवं प्रतियोगिता संयोजक यामबहादुर गुरुङ सहितको टोलीले विदाई गरेको छ ।

कमेन्टहरु
Loading...