महिला फुटवलमा स्वर्ण जितेर इतिहास रच्ने तयारीमा नेपाल

सन्देश श्रेष्ठ
भारत, सिलोङ, २ फागुन/बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको महिला फुटवल टिमले स्वर्ण जित्दै इतिहास रच्ने लक्ष्य लिएको छ । सिलोङमा सोमबार अपरान्ह हुने खेलमा आफूहरु उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रिने प्रशिक्षक ध्रुव केसीले बताए ।

महिला फुटवलमा स्वर्ण जितेर इतिहास रच्ने तयारीमा नेपाल
महिला फुटवलमा स्वर्ण जितेर इतिहास रच्ने तयारीमा नेपाल

आयोजक भारतसँग उपाधि भिडन्तका लागि नेपालले तयारी गरिरहेको छ । आइतबार विहानैदेखी नेपाली महिला टिम सिलोङको पोलो ग्राउण्डमा प्रशिक्षणमा व्यस्त छ । प्रशिक्षण गराइरहेका बेला भेटिएका प्रशिक्षक केसीले आफ्नो लक्ष्य कुनैपनि हालतमा स्वर्ण पदक जित्ने रहेको बताए । उनले भने,–‘हामी जितका लागि भोलि फाइनल खेल्दैछौं, त्यसका लागि हामी तयार छौं ।’

रणनीति कस्तो हुन्छ त ? भन्ने प्रश्नमा केसीले भने,–‘शुरुमा पर्ख र हेरको रणनीतिमा खेल्छौं, त्यसपछि विपक्षीको खेल हेरेर नयाँ रणनीति बनाउछौं ।’ उनले फाइनल खेलमा आफ्नो टिमले टोटल फुटवल खेल्ने जानकारी दिदै भने,–‘सबै खेलाडी आवश्यक परेको बेला अट्याकिङमा जान्छन् अनि डिफेन्समा पनि झर्छन् ।’

साग, साफ च्याम्पियनसिप लगायतका खेलमा गरी अहिलेसम्म नेपालले भारतसँग उपाधिका लागि ४ पटक भिडिसकेको छ तर एक पटक पनि जितेर उपाधि चुम्न सकेको छैन । पाचौं पटकको यो भिडन्तमा नेपालले इतिहास रच्ला त ? भन्ने प्रश्नमा उनले भने,–‘हो हामीले अहिलेसम्म भारतलाई जित्न सकेका छैनौं, र यो पनि थाहा छ कि भारत दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट टिम हो, तर हामी पनि कमजोर छैनौं, त्यसको पुष्टी लिग चरणमा भारतसँग बराबरी गरेर देखाइसकेका छौं, अब हामी भोलि जितका लागि खेल्छौं ।’

नेपालको अट्याकिङ र डिफेन्स लाइन् उत्कृष्ट फर्ममा रहेपनि मिडफिल्ड केही कमजोर रहेको उनले स्विकारे । भारतको टिममा पहिलो सागदेखी खेलेका ९० प्रतिशत खेलाडी अहिलेको टिममा पनि रहेको छ । नेपालको पनि ७ जना खेलाडी अनुभवी रहेपनि अन्य खेलाडी नयाँ अनुहार रहेको उनले जानकारी दिए ।

स्वर्ण पदकका लागि भारतको सिलोङस्थित नेहरु रंगशालामा अपरान्ह ४ बजे नेपाल र आयोजक भारत आमनेसामने हुनेछन् । को उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । राउण्ड रोविकानको आधारमा नेपाल शीर्ष स्थानमा रहँदै र आयोजक भारत दोश्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

यसअघी नै दुईमा जित र एकमा बराबरी गरेर फाइनल प्रवेश गरिसकेको नेपालले आज श्रीलंकालाई समेत पराजित गर्दै शीर्षस्थानमा रह्यो । त्यस्तै, भारतले पनि आज बंगलादेशलाई ३÷१ ले पराजित गर्दैै फाइनल यात्रा सुरक्षित ग¥यो ।

आज भएको खेलमा नेपालले श्रीलंकालाई ४÷० को फराकिलो अन्तरले पराजित ग¥यो । नेपालका लागि सावित्रा भण्डारीले २ र सपना लामा र मनमाया लिम्बुले एक÷एक गोल गरे । नेपालले पहिलो हाफमा एक र दोश्रो हाफमा ३ गोल गरेको थियो ।

स्वर्ण पदकका लागि अब नेपाल र भारतको महिला टिमले आगामी सोमबार प्रतिष्पर्धा गर्नेछन् । यसअघीका खेलमा नेपाल बिरुद्ध भारत हाबी हुँदै आएपनि यसै सागको लिग चरणमा भएको खेल बराबरीमा रोकिएर अंक बाँडेका थिए ।

कमेन्टहरु
Loading...