श्रीमान्को अन्तै प्रेम जाल, श्रीमतीको हत्या गर्न १० लाख

पोखरा, २६ असार /पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गर्न १० लाख रुपैयामा डिल गरेको खुलेको छ । मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले श्रीमती २८ बर्षिया लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेका थिए ।

असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले अस्थिपन्जर फेला पारेको थियो । सिद्धार्थ राजमार्ग करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा अस्तिपन्जर भेटिएको थियो ।

कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको अस्थिपन्जर बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए ।

कास्कीका प्रहरी प्रमुख कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको थप अनुसन्धान भईरहेको बताए । श्रीमान्लाई हत्या आरोपमा पक्राउ गरि सकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीमा दुई दिन पछि जाहेरी

असार १ गते घटना भए पछि रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५, वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । १ लाख ५० हजार लिएर पत्नी घर नफर्कंदा छोराछोरी बिचल्लीमा परेको जाहेरीमा उल्लेख छ ।

रमेशको क्रियाकलापलाई प्रहरीले शंका गरेर घरमा खोजतालस गर्दा लक्ष्मीले प्रयोग गरेको मोबाइल, सिक्री लगायत सामग्री घरमै भेटाएको थियो । अनुसन्धानको घेरो साँघुरो बनाउँदै जाँदा रमेशमाथि नै प्रहरी केन्द्रित गर्दा रमेशलाई केरकार गर्दा उनले सबै बेलीविस्ता लगाए ।

अस्थिपञ्जरसँगै भेटिएका कपडा र जुत्ताको आधारमा आफन्तले शव लक्ष्मीकै भएको प्रहरीलाई बताए ।

पोखरामा श्रीमतीको हत्या गरी जंगलमा, २५ दिन पछि अस्थिपन्जर फेला
पोखरामा श्रीमतीको हत्या गरी जंगलमा, २५ दिन पछि अस्थिपन्जर फेला

प्रेममा परेका रमेश दोस्रो बिहे गर्न पत्नी हत्या !

लामो समय देखी उनी आफन्त एक युवती सगँ प्रेम जालमा थिए । आफ्नो प्रेम सफल बताउन श्रीमती तगारो बनेको रमेशले महशुस गरे । त्यसपछि श्रीमतीको हत्या योजना बनाएको प्रहरीको भनाई छ । लामो समयदेखि खुट्टामा समस्या भएकी श्रीमती लक्ष्मीलाई जडिबुटी खोज्ने भन्दै असार १ गते रमेशले पुम्दीभुम्दीस्थित जंगलमा लगेका थिए ।

आफू जंगलतिर छिरेपछि २ जना सहयोगीले लक्ष्मीको हत्या गरेको प्रहरीसामु रमेशले बताएका छन् । १० लाख रुपैयाँ दिने सर्तमा मान्छे लगाएर श्रीमतीको हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् । रमेशका अनुसार कबोल गरेको १० लाखमध्ये ६ लाख रुपैयाँ दिएको र बाँकी ४ लाख दिन बाँकी छ ।

२५ दिन सम्म किन शवको गन्ध थाहा भएन

हत्या भएको २५ दिन सम्म पनि शवको गन्ध किन आएन ? सबैको प्रश्न त्यहाँ पुग्नेको थियो । मानिसको शव एक दुई दिनमा नै गन्ध आउन थाल्छ । त्यस पछि वरपर थाहा भई हाल्छ । तर लक्ष्मीको शव भएको ठाउँ नजिकै एउटा गाई पनि मरेका कारण गाईको गन्ध नै आएको होला भन्दै स्थानी झुकिएको एक प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...