पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई जयन्ती स्मृती प्रतिष्ठानको सहयोग

सागर राज तिमिल्सिना
पोखरा, १५ वैशाख/जयन्ती स्मृती प्रतिष्ठानले पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई बेडसाइड मनिटर र इको मेसिन प्रदान गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई जयन्ती स्मृती प्रतिष्ठानको सहयोग
पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई जयन्ती स्मृती प्रतिष्ठानको सहयोग

पश्चिमाञ्चल अस्पतालमा स्थापना हुन लागेको काडियो लोजीलाई सहयोग दिने उद्देश्यले प्रदान गरेको जयन्ती स्मृती प्रतिष्ठानकी अध्यक्ष श्रृजना राणाले जानकारी दिइन् । बेडसाइड मनिटरलाई अहिले अस्पतालको आसियुमा राख्ने र मुटुका विमारीहरुलाई परिक्षण प्रयोग गर्ने राणाले जानकारी दिन् ।

करिब १७ लाख बराबरको मनिटर र ६ हजार डलरबराबरको इको मेसिन प्रदान गरेको उनको भनाई थियो । इको मेसिनले सामुदायी विद्यालयका विद्यार्थीको स्वास्थ्य परिक्षण गरि मुटुरोग भए नभएको जानकारी लिइ उपचार गर्ने राणाको भनाई थियो ।

कार्यक्रममा जयन्ती स्मृती प्रतिष्ठानकी अध्यक्ष श्रृजना राणाले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डाक्टर माधव बाबु तिवारीलाई हस्तान्त्ररण गरेकी थिइन् । कार्यक्रममा जयन्ती स्मृती प्रतिष्ठानका सल्लाहकार आनन्दराज मल्मीले मुटुका विरामीलाई सहयोग गर्दै आएको बताए । कार्यक्रमा माधव बाबु तिवारीले अहिले विश्वमा वार्षिक १ करोड ४५ लाखको मुटुको समस्याले निधन हुने गरेको बताए ।

कमेन्टहरु
Loading...