नेपालमा सुरु गर्यो भाइबरले पब्लिक च्याट्स

काठमाडौ, २६ चैत /विश्वकै प्रसिद्ध म्यासेजिङ एप भाइबरले नेपालमा पब्लिक च्याट्स सुरु गरेको छ । भाइबर पब्लिक च्याट एक मोबाइल प्रविधि हो जसमार्फत् प्रयोगकर्ताहरुले आफुलाई मनपर्ने सेलिब्रेटी, प्रेरक र ब्राण्डलाई पछ्याउन सक्छन्। कम्पनीका अनुसार च्याट्समा लेख, फोटो, श्रव्य दृश्य, स्टिकर, वेब लिंकलगायत अन्य धेरै कुरा समेटिएका छन्।

नेपालमा सुरु गर्यो भाइबरले पब्लिक च्याट्स
नेपालमा सुरु गर्यो भाइबरले पब्लिक च्याट्स

सर्वाधिक लोकप्रिय च्याटहरुलाई भाइबरको पब्लिक च्याट सेक्सनको होम स्क्रिनमा देख्न सकिन्छ। प्रयोगकर्ताले कसले च्याट गरिरहेको छ भनेर पनि सजिलै खोज्न सक्छन् अथवा उनीहरु युआरएल मार्फत् सिधै च्याटको पहुँचमा पुग्न सक्छन्। यसैगरी ब्राण्ड र संगठनका लागि यो एक राम्रो मञ्च भएको र प्रयोगकर्ताले आफ्नो टिम, साझेदार र सहकर्मीलाई प्रस्तुत गर्न सक्ने भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए।

माल्भिका सुब्बा, प्रियंका कार्की, ऋचा शर्मा, नग्मा श्रेष्ठ जस्ता सेलिब्रेटीलगायत पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याट्समा आफ्नो उपस्थिति जनाइसकेको पनि कम्पनीले जनाएको छ।

भाइबर पब्लिक च्याट्सबारे कुरा गर्दै नायिका ऋचा शर्माले भनिन् ‘भाइबर पब्लिक च्याटमा आफूलाई पेश गर्न पाउँदा म अत्यन्त रोमाञ्चित भएकी छु, यसले मलाई गहन अनुभूति दिलाएको छ। मलाई अत्यन्त रमाइलो लागेको छ।’

पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराई पनि पब्लिक च्याटका प्रयोगकर्ता हुन्। उनले आफ्ना अनुभव साट्दै भने, ‘हामी डिजिटल जगतको नयाँ युगमा छौं। भाइबर पब्लिक च्याट विशाल जनतामाझ समाचार र विचारहरु सम्प्रेषण गर्ने कार्यमा सहयोग पु¥याउने एक उत्तम मञ्च हो। मलाई यो पब्लिक च्याटको एक सदस्य हुन पाएकोमा गौरव लागेको छ ।’

पब्लिक च्याटमा जोडिदैँ पूर्व मिस नेपाल अर्थ २०१२, नगमा श्रेष्ठले यो नौलो र रमाइलो हुनुका साथै भाइबरबाट आफ्ना विचारहरु अद्यावधिक गर्न र तिनलाई विश्वसमक्ष पु्र्याउन सजिलो हुने बताईन्।

त्यस्तै भाइबर प्रयोगकर्ता गायक निमा रुम्बाले भने, ‘मेरा फ्यानहरुले अब मेरो गीत संगीत र सिर्जनालाई सजिलै पछ्याउन सक्नेछन्, यो उनीहरुका लागि वास्तवमै खुशीको कुरा हो। भाइबरको यो नयाँ सुविधाले गर्दा विशाल संसारसँग मलाई सम्बन्ध कायम राख्न र पब्लिक च्याटमा मेरा धेरै साथीहरुलाई निमन्त्रणा दिन सक्ने भएको छु।’

‘नेपालका भाइबर प्रयोगकर्ताहरुले भाइबर पब्लिक च्याट्स मार्फत् उनीह्रलाई मनपर्ने सेलिब्रेटीहरुलाई अब फलो गर्न सक्नेछन्, यो बताउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं। पब्लिक च्याट प्रयोगकर्ताहरुले नयाँ तरिकाबाट अन्तरक्रिया गर्न सक्नेछन्, लाइभ छलफल सुन्न सक्नेछन् र सरोकारको विषय र मानिसहरुका विशेष विषयहरुका बारेमा ताजा ताजा जानकारी लिन सक्नेछन्, क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए।

आफ्नै भाइबर पब्लिक च्याट बनाउन  [email protected] मा जानु पर्ने कम्पनीले जनाएको छ । साभारःसेतोपाटी डटकमबाट

कमेन्टहरु
Loading...