पोखरामा उपनिर्वाचन बारे राजनीतिक दलसँगको छलफल

पोखरा, ३० भदौ / जिल्ला निर्वाचन कार्यालय, कास्कीले विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफल गरेको छ ।

कास्की रहेका विभिन्न ८ राजनीतिक दलका प्रतिनिधिहरु सँगको छलफल कार्यक्रममा उपनिर्वाचन हुने वडाका मतदाताहरु, मतदान स्थल र मतदाता नामावली अद्यावधिक कार्यक्रमका बारेमा छलफल भएको थियो ।

निर्वाचन कार्यक्रम अनुसार असोज १ गते वडा कार्यालयहरुमा नामावली प्रकाशन हुने, असोज २ देखी ५ गते सम्म नामावलीमा रहेको त्रुटि सच्चाउने, दोहोरो वा मृत्युभएको नामावली हटाउनका लागि निवदेन दिन सकिने, असोज ६ गते देखी ७ गते सम्म निवेदन उपर जाँचबुुझ गरी अद्यावधिक गर्ने र सो को सूचना ८ गते कार्यालयमा टाँस गरी अद्यावधिक गर्ने कार्यक्रम रहेको छ ।

यसरी अद्यावधिक गरिएको मतदाता नामावली प्रकाशन गरी विवरण असोज १० गते सम्म जिल्ला निर्वाचन कार्यालय, कास्कीमा बुुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।

कार्यक्रम संचालनको लागि स्थानीय तहका वडा अध्यक्ष वा अध्यक्षको जिम्मेवारी तोकिएको वडा सदस्य संयोजक रहने गरी एक वडा स्तरीय सहयोग, समन्वय तथा प्रचारप्रसार समिति रहने समेत सुवेदीले जानकारी दिए ।

त्यसैगरी कास्की जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्र्तगत पोखरा महानगरपालिकाका ११ वटा वडा, ३२ वटा मतदान स्थल र अद्यावधिक गर्नुपुर्वको कुल मतदाता ७२ हजार २ सय ७८ रहेको सूचना अधिकारी रुद्र न्यौपानेले बताए ।

कमेन्टहरु
Loading...