पोखरामा विरामी भेटिएका पर्यटकको पर्यटन प्रहरीले उद्धार

पोखरा, १० बैशाख /पोखरामा विरामी अवस्थामा फेला परेका दुई पर्यटकको पर्यटन प्रहरीले उद्धार गरेको छ ।

नेपाल आएर पोखरामा ६५ दिन देखी बस्दै आएका बेलायती पर्यटक पिटर र इरानकी पर्यटक जाहारी रसिदीकाको पर्यटन प्रहरीले उद्धार गरेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी साहेक निरिक्षक विधान सिंह क्षेत्रीले जानकारी दिए ।

उनले बेलायती पर्यटकको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार गरेको बताए । उनको खर्च अभाव भएका कारण बेलायती राजदुताबासमा खबर गरेको बताए ।

त्यसै गरि सोमबार पोखराको लेकसाइडमा भेटिएकी पर्यटकको उद्धार गरको उनले बताए ।

इरानकी जाहारी विरामी भएका कारण नाङगै हिडेको उनका साथीले बताएको क्षेत्रीले बताए । उनलाई उनकै साथीको जिम्मा लगाएर पठाएको बताए ।

कमेन्टहरु
Loading...