ठुलाखेत–ठुलाचौर–प्रेमवस्ती–भदौरे बाटोको उद्घाटन, साइकल ट्र¥याकमा विकास गरिनुपर्नेमा जोड

पोखरा, २४ मंसिर/ ठुलाखेत, ठुलाचौर, प्रेमबस्ती, भदौरे मोटरबाटोको शनिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बाटोको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले बाटोलाई साइकल ट्र¥याकका रुपमा विकास गरिने जनाउँदै ठुलाचौरको विकासका लागि आफु सधै तयार रहेको जनाए ।

अध्यक्ष कुँवरले ठुलाचौरमा एक घर एक धारा, सामुहिक कृषि फार्म संचालन तथा फलफुल खेतीमा गाउँपालिका सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै सामुहिक भलाईका कार्यहरुमा जुट्न स्थानीयसँग आग्रह पनि गरे ।

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले सडकलाई त्यहाँका उत्पादन बजार पु¥याउने माध्ययमको रुपमा विकास गरिनुपर्ने औँल्याउँदै उक्त सडकको उपयोगिता साइकल ट्र¥याकमै उत्तम हुने बताए ।गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले विकासको मेरुदण्ड बाटो भएको भन्दै बाटोको स्तरउन्तीसँगै गाउँलेको जीवनस्तरमा परिवर्तन हुनुपर्ने भनाई राखिन् ।

उक्त कार्यक्रममा वडा नं. २ का अध्यक्ष चुडामणि अधिकारी, ४ का अध्यक्ष भरतबहादुर केसी, ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, पोखरा २३ का अध्यक्ष विष्णुप्रसाद पराजुली, बाटो समितिका सल्लाहकार डा. गिरीधारी दाहाल, प्राध्यापक कपिलमणि दाहाल, निर्माण समितिका पुर्व अध्यक्ष धर्मदत्त दाहाल, विप्लव माओवादीका क. परिवर्तन, ठुलाचौर पोखरा विकास समितिका सचिव मनोहर दाहाल, विद्यार्थी नेता नवराज पौडेल, क्लवका अध्यक्ष विष्णुप्रसाद दाहाल, समाजसेवी महेन्द्रराज दाहाल, दिपकराज दाहाल, कलाकार जीवन दाहाल, आमा समूहकी प्रतिनिधि भगवती दाहाल, समाजसेवी भानुभक्त दाहाल लगायतले आ– आफ्नो धारणा राख्दै बाटोको महत्वमाथि प्रकाश पारेका थिए ।

सो अवसरमा कलाकार जीवन दाहाल, तारापति सुवेदी, सुरेन्द्र गुरुङ, माया गुरुङ, प्रदिप त्रिपाठी, लगायतले विभिन्न गीतहरु पनि प्रस्तुत गरेका थिए ।कार्यक्रमका बीच सहयोगी विभिन्न संघ संस्थाका प्रतिनिधि एवं व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।बाटो निर्माण समितिका अध्यक्ष सुर्य दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी भानुभक्त दाहालले स्वागत तथा संचालन तुलसी दाहालले गरेका थिए ।

बाटो निर्माण भएसँगै त्यहाँका बासिन्दाले आफुहरु विरामी हुँदा उपचारका लागि सजिलै पोखरा झर्न सक्ने, स्थानीय उत्पादनले बजार पाउने, गाडी रिजर्व गरेर महङगो शुल्क तिरी गाउँ जाने आफुहरुको बाध्यता टर्ने तथा छोटो समयमै गाँउबाट पोखरा झर्न सक्ने विश्वास पनि लिएका छन ।

हल्लनचोकदेखि भदौरेसम्म २० किलोमिटर लम्बाईको सो सडक पोखरा बाग्लुङ राजमार्गको वैकल्पिक मार्ग बन्न सक्ने अपेक्षा पनि गरिएको छ । त्यसका साथै अन्नपूर्ण गाउँपालिकाको रिङरोडको अवधारणालाई पनि बाटोले सहयोग गर्ने, पन्चासेको पर्यटन एवं धार्मिक क्षेत्रमा टेवा पुग्ने, पन्चासे क्षेत्रमा जानलाई पोखराबाट छिटो हुने विश्वास पनि लिइएको छ ।जसबाट पोखरा २३ र २४ तथा अन्नपूर्ण गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ वासी प्रत्यक्ष लाभान्वित हुनेछन।

भजन खतरै गयो

भजन खतरै गयो

Posted by Ganthan.com on Sunday, December 9, 2018

कमेन्टहरु
Loading...