पोखरामा दुई ठाउँबाट जुवा खेल्दै गरेका पक्राउ

पोखरा, १३ कात्तिक / कास्की प्रहरीले पोखराका दुई ठाउँबाट जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ ।

महानगरपालिका वडा नम्बर ९ बास्तोलाथरबाट जुवा खेल्दै गरेको सुचनाको आधारमा प्रहरीले ७ जनालाई नगद ३२ हजार ४ सय ३० रुपैया सहित पक्राउ गरेको छ । प्रहरीले १ बुक तास सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि पोखरा महानगरपालिका ५ प्रस्याङबाट ४ जनालार्य ३९ हजार २ सय सहित प्रहरीले पक्राउ गरेको छ ।

कमेन्टहरु
Loading...