कास्की प्रहरीले सम्मान स्वरुप पाएको नगद र संसाद राजिब पहारीले श्रेयाको परिवारलाई सहयोग

पोखरा, २२ असोज / कास्की प्रहरीले सम्मान सहित पाएको नगद बलात्कार पछि हत्या गरिएकी श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण

गरेको छ । कास्की प्रहरीले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै गत शनिवार किराँत सेवा समाज कास्कीले कास्की प्रहरी प्रमुख

प्रहरी उपरिक्षक ओम बहादुर राना मगर, कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख

प्रहरी नायव उपरिक्षक नविन कार्कीलाई नगद सहित सम्मान गरेको थियो ।

सम्मान स्वरुप प्राप्त नगद २० हजार सोमबार श्रेयाको आमा बेल कुमारी बिकलाई हस्तान्तरण गरिएको हो । सोमबार श्रेयाको घरमा पुगी

गण्डकी प्रदेशका सांसद राजिव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर वुढा, कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर

राना मगर लगायतले नगद रकम श्रेयाको आमा बेल कुमारी बिकलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा गण्डकी प्रदेशका सांसद

राजिव पहारीले समेत नगद १० हजार रुपैया श्रेयाको परिवारलाई प्रदान गरेका थिए ।

नगद सहयोग गर्दै गण्डकी प्रदेशका सांसद राजिव पहारीले बलात्कार र बलात्कार पछि हत्या गर्नेलाई फांसीको सजायको माग गर्दै संसदमा

कुरा उठाउने वताए । श्रेया बिकको परिवारलाई जस्तो जो कोहीलाई पनि पर्न सक्ने भएकाले कानुनमा यस्ता अपराधमा संलग्न हुने जो

कोहीलाई पनि फांसी जस्तो कडा सजाय आवश्यक रहेकाले यसबारेमा आफुले प्रदेश सभाको संसदमा कुरा राख्ने वताउदै पहारीले कास्की

प्रहरीले छोटो समयमा अपराधीलाई पत्ता लगाइ उल्लेखनीय काम गर्न सफल भएकोमा कास्की प्रहरी प्रति धन्यवाद समेत ब्यक्त गरे ।

सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले यस्ता घटना जो कोहीलाई पनि आइपर्न सक्ने भएकाले

सबैजना चनाखो हुनुपर्ने र कुनैपनि घटना घट्नासाथ प्रहरीलाई खवर गर्नुपर्ने वताए । बुढाले समाजमा विभिन्न बिकृतीमुलक घटनाहरु

वढिरहेकाले समाजमा रहेका महिला समुह, आमा समुह युवा समुहहरुले यस्ता घटनाहरुलाई निर्मुल गर्नका लागी सचेतनामुलक कामहरु

गर्नुपर्ने समेत वताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले श्रेया बिकको हत्यामा संलग्न अभियुक्तको सम्पूर्ण

अनुसन्धान पुरा भइसकेको वताउदै छिट्टैनै हत्यारालाई सर्वस्व सहित जन्मकैदको लागी सरकारी वकिल कार्यालयबाट अदालतमा पेश गरिने

वताए । सहयोग हस्तान्तरण कार्यक्रममा कालिका गणका गणपति मुरारी बस्नेत, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका प्रमुख

अनुसन्धान उपनिर्देशक भुमि पाठन, वडा प्रहरी कार्यालय बैदामका प्रमुुख प्रहरी नायव उपरिक्षक नविन कार्की लगायत सहभागी थिए ।

यसअघि केभसिटी मिडियाले आयोजना गरेको भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरी प्राप्त पुरस्कार राशी नगद २२ हजार २ सय

२२ समेत श्रेयाको परिवारलाई हस्तान्तरण गरिएको थियो । त्यसै गरी इलाइट अर्गानीक हाउस स्तुपाको तर्फबाट राजु क्षेत्रीले २५ हजार रुपैया

सहयोग गरेका थिए ।

https://www.youtube.com/watch?v=Bb8RbePvrAM&t=15s

कमेन्टहरु
Loading...