श्रेयाको परिवारलाई पोखरा महानगरको १ लाख सहयोग

पोखरा २७ असोज / पोखरा महानगरपालिकाले बलात्कारपछि हल्या गरिएकी श्रेया बिक सुनारको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

गरेको छ । पोखरा महानगरपालिका पुम्दी भुम्दी वडा नम्वर २२ मृतक बिकको घरमै पुगेर उनकी आमा वेलकुमारी वि.कलाई महानगर

पालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, नेकपा सचेतक एवं वडा

नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल र काँग्रेसका सचेतक एवं वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछानेले संयूक्त रुपमा १ लाख

रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्रतणपछि बोल्दै महागनर प्रमुख जिसीले श्रीयाको हत्याले महानगर स्तब्ध भएको बताउदै दोर्षिलाई कुनैपनि बहानामा

उन्मुक्ति नदिने बताउनुभयो । क्रुर र अमानवीय हत्या गरिएकाले कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने र त्यसका लागी

महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले १० वर्षिया बालिकाको कुनै दोष थिएन तर उनको हत्या क्रुर र निन्दनीय छ,

कुनै बहानामा दोषिलाई छुट हुदैन् भन्नुभयो ।

उपप्रमुख मञ्जुदेवी गुरुङले श्रीयाको मृत्यु अप्रिय क्रुर र निन्दनीय रहेको बताउदै दोर्षिलाई कुनै हालतमा छुट नदिइने बताउनुभयो ।

निदोर्ष बालिकाको हत्या गर्नेलाई कुनै पनि बहानामा छुट दिन नहुने बताउदै घटनाबाट स्तब्ध भएको बताउनुभयो । महानगरका

प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले श्रीयाको परिवारसंग दुःखमा सहानुभुति स्वरुप रकम सहयोग गरेको बताउनुभयो ।

उहाँले अवोध बालिकाको हत्या त भयो तर परिवारलाई केही राहत दिनका लागि महानगगरपालिकाले सहयोग गरेको बताउनुभयो ।

यसैवीच सोही कार्यक्रममा पोखरा २२ पुम्दीभुम्दीको सृजनशिल क्लबका अध्यक्ष झम्कनाथ देवकोटाले श्रीयाका परिवारलाई १५ हजार

रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभयो । श्रीयाको असोज ८ गते छिमेकी कुसुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए । हत्याका

दोषि पौडेललाई जिल्ला हदालतले पुर्पक्षका लागि जेलचलान गरेको छ । पौडेलले रक्सीका खाएको बेला श्रीयाको बलात्कारपछि हत्या

गरेको स्वीकार गरेको अदातलमा बयान दिएका छन् ।

कमेन्टहरु
Loading...