पोखरामा श्रीमान्ले ढुङगा प्रहार गरी श्रीमतीको हत्या

पोखरा, २३ असार /पोखरा महानगरपालिका १७ बिरौटामा आइतबार राती श्रीमान्ले श्रीमतीलाई ढुङगाले हानेर हत्या गरेका छन् ।

पोखरा २२ पुम्दिभुम्दि घर भई पोखरा १७ मा बस्दै आएका ४५ बर्षिय ध्रुब भन्ने वीरबहादुर सुनारले श्रीमतीलाई ढुङगाले प्रहार गरी हत्या गरेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीेले जानकारी दिए ।

४० बर्षिय गंगा सुनारलाई टाउकोमा ढुङ्गाले हानी हत्या गरि फरार भए पछि प्रहरीले सोमबार दिऊसो वीरबाहदुरलाई पक्राउ गरेका छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी साहेक निरिक्षक कुल बहादुर रोक्काको कमाण्डमा खटिएको टोलीले पोखरा २२ कालिमाटीबाट उनलाई पक्राउ गरेका थियो ।

पोखरा १७ बिरुवा स्थित तुलसि थापाको कुखुरा फार्ममा काम गर्दै आएका थिए । गंगामाया वीरबहादुरकी कान्छी श्रीमती हुन् ।

कमेन्टहरु
Loading...