सृजनाचोकमा हुईको कारले ठक्कार दिए पछि (फोटो फिचर)

तस्विर ः कृष्ण दवाडी
पोखरा २७ माघ । पोखराको सिर्जनाचोकमा हुईकीएर आएको एउटा गाडीको ठक्करबाट अन्य दुई सवारीमा क्षति पुग्नुको साथै आमा छोरा सामान्य घाईते भएका छन् । आमा सहित १८ महिने वालकको मेट्रोसिटी अस्पतालमा उपचार भएको छ ।
रेडक्रस भवन तिरबा सिर्जनाचोक हुदै सभागृहचोक तर्फ गइरहेको ग १ च ७८१८ नम्बरको निजी कारको ठक्करबाट ग १ च ४१४७ नम्बरको कार र ग १ च ४०७९ नम्बरको मोटरसाईकलमा क्षति पुगेको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् । उनलाई वडा प्रहरी कार्यालय बैदाम राखिएको छ । गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा छ । औषधि खाएर गाडी चलाएकाले औषधिको असरले केहि नदेखेको र दुर्घटना भएको उनले बयान दिएका छन् ।

औषधिको सुरमा लर्वराउदै चलाएको उनको गाडीले पहिले मोटरसाईकललाई ठक्कर दिएको थियो । त्यसपछि पुन अर्को गाडीमा गएर ठोक्किएको थियो । दुर्घटना भएको सवारी चल्न नक्ने भए पछि क्रेनले उचालेर लगिएकोे थियो । acc sirjana chok (1) acc sirjana chok (2) acc sirjana chok (3)

कमेन्टहरु
Loading...