सन्देशलाई सहारा पुरस्कार, समाजको हितमा काम गर्नेलाई सहयोग हुन्छ –मुख्यमन्त्री गुरुङ

पोखरा, ३० भदौ /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुक र समाजको हितमा कार्य गर्ने सामाजिक संघसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

सहारा क्लवको २१ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनको आज उद्घाटन गर्दै उहाँले खेलकूदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लवको भूमिका प्रशंसायोग्य भएको बताउनुभयो ।

समाजका कठिन परिस्थित एवम् असहालय बालकलाई संरक्षण गर्दै क्लवले शैक्षिक, सामाजिक तथा खेल क्षेत्रमा कृयाशित गराउनुले उनीहरुको समग्र उन्नयनमा टेवा पुगेको उहाँले बताउनुभयो ।
सामाजिक क्षेत्रमा क्लवले देखाएको सकृयता अरुका लागि पनि अनूकरणीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको तर्पmबाट सहारा एकेडेमिको प्रशासनिक सञ्चालनमा ३० लाख रुपैया सहयोग गर्ने बताउनुभयो ।

राज्यले निभाउनु पर्ने उत्तरदायित्व क्लवले पुरा गरेको उल्लेख गर्दै उहाँले सस्थाको सञ्चालनमा सरकारले नियमित बजेट नै व्यवस्था गरि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामाजिक संस्थामा राजनीतिक प्रभाव हुन नहुने बताउँदै उहाँले प्रदेश सरकारले सञ्चालन गर्ने विश्वविद्यालयमा राजनीतिक नभई विशेषज्ञताका आधारमा नियुक्ति गरिने स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै क्लवतर्पmबाट पत्रकार सन्देश श्रेष्ठलाई सम्मान गर्नुभयो । क्लवले प्रत्येक बर्ष प्रदान गर्दै आएको सहारा खेलकूद पत्रकारिता पुरस्कारको राशी २० हजार ५५५ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ ।

सोही अवसरमा यस बर्षको सहारा उत्कृष्ठ कर्मचारीबाट शान्ति केसीलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकूद परिषदका सदस्य राशेज गुरुङले आसन्न दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) लाई लक्षित गरि पोखरा रंगशालामा निर्माणाधिन संरचना तिब्ररुपमा बढेको जानकारी दिनुभयो ।

सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले सवैको साथ सहयोगमा सहारा एकेडेमि वर्तमान अवस्थासम्म आइपुगेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको धारणा राख्नुभयो ।

क्लवका महासचिव विश्वराज बरालले क्लवले पूmटवलका माध्येमबाट सामाजिक सेवा निरन्तर कृयाशिल रहेको बताउँदै प्रदेश सरकारले सन् २०१९ आन्तरिक भ्रमण बर्ष मनाई रहदा र तेहौै सागका बिभिन्न खेलका पोखरामा हुने तय गरिनुले पर्यटन प्रवद्र्धनको प्रवल सम्भावना समेत गरेको बताउँनुभयो ।

उहाँले एकेडेमिमा हाल बिभिन्न १६ जिल्लाका २४ जना बाल आवासियरुपमा अध्ययनरत रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कृत व्यक्तित्व सन्देश श्रेष्ठ, सहारा युकेका महासचिव धनु थकाली, क्लवका बरिष्ठ उपाध्यक्ष सुरज गुरुङ लगायतले क्लवले खेलकूदको माध्येमबाट सामाजिक क्षेत्रका पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...