सागमा ३२ पदक सहित नेपाल पाचौ स्थानमां

भारत, सिलोङ, २७ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिनसम्म आइपुग्दा नेपालको पदक संख्या ३२ पुगेको छ । नेपालको एक स्वर्ण, १२ रजत र १९ काश्यसहित कुल २० पदक पुगेको हो । साथै नेपाल पदक तालिकाको पाचौं स्थानमा कायमै छ ।
भारत भने ११७ स्वर्ण, ६१ रजत ११ काश्यसहित कुल १९४ पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा कायम छ । श्रीलंका २४ स्वर्ण, ४६ रजत र ६३ काश्यसहित कुल १३३ पदक जितेर दोश्रो, पाकिस्तान ७ स्वर्ण, २० रजत र ३२ काश्यसहित कुल ५९ पदक जितेर तेश्रो र बंगलादेश ३ स्वर्ण, १० रजत र ४० काश्य सहित कुल ५३ पदक जितेर पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

त्यस्तै, अफ्गानिस्तान १ स्वर्ण, ३ रजत र ११ काश्यसहित कुल ५ पदक जितेर छैटौं, भुटान १ रजत र ४ काश्यसहित कुल ५ पदक जितेर सातौं र एक रजत र एक काश्यसहित कुल २ पदक मात्र जितेको मालदिभ्स पदक तालिकाको पुछारमा रहेको छ ।

कमेन्टहरु
Loading...