पोखरामा बढी भाडा लिने सवारी साधन नियन्त्रणमा

फाइल तस्बिर

पोखरा, २० असोज / कास्की प्रहरीले यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा सर्बसाधारणहरु सँग बढी भाडामा लिने ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

बार्गेनिङ गर्ने प्रवृतिको नियन्त्रणको लागि सडक चेकीङ तथा सादा पोशाक समेतमा प्रहरी परिचालन गरी चेकिङ तथा अनुगमन गर्ने क्रममा ६ वटा सवारी साधन नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको ६ बटा सवारी साधन र चालकलाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको केसीले जानकारी दिए ।

अनुगमनको क्रममा मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको कुनै पनि सवारी साधनमा भेटिएमा कानुन बमोजिम कार्बाही गेर्ने उनले बताए ।

त्यस्तो कार्यमा वार्गेनिङ गरी जवरजस्ती गरेमा प्रहरी कण्ट्रोल रुम १००, ९८५६०३९५९९, कार्यालय प्रमुखको ९८५६००५५५५, प्रबक्ताको ९८५६०३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नम्बर १०३ मा सम्पर्क गर्नु हुन सबैमा अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...