पोखरा, १९ असार /एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाट स्थित सेतीनदी किनारमा वातावरण मैत्री शवदाह गृह निमार्ण भएको छ । शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे ।
आधुनिक शवदाह गृहमा एउटा शव जलाउन एक सय केजी दाउरा र एक घण्टा २० मिनेट मात्र लाग्ने एभरेष्ट बैंकका समय लाग्ने एभरेष्ट बैकका निर्देशक डा. बालगोपाल बैद्यले जानकारी दिए । उनले बैंकको सामाजीक उत्तरदाइत्व अन्तरगत पोखरामा निमार्ण गरेको अन्य ठाउँमा पनि शवदाह गृह निमार्ण गर्ने बताए ।
करिब ६० लाख रुपैया लागतमा निमार्ण भएको शवदाह गृहको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले शवदाह गृहको व्यवस्थित सञ्चालनका लागि कार्यविधि तय गरिने बताए ।
उनले बातावरण संरक्षणका साथै वन पैदावारको जर्गेनामा पनि सहयोग पु¥याउने बताए । उनले असार महिना भर शवदाह गृहमा जलाउन लाग्ने खर्च पोखरा महानगरपालिकाले व्यहोर्ने बताए । पोखरामा व्यवस्थीत शवदाह गृहनहुदा शव जलाउन कठिनइ हुदै आएको थियो ।
शवदाह गृहमा जलाउदा परम्परागतभन्दा थोरै दाउरामा जालउन सकिने छ । उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सौदर्यतालाई क्षयीकरण हुन नदिन सबैको सचेतना अपरिहार्य भएको बताए । वातावरण मैत्री शवदाह गृह निर्माणसंगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको भनाई छ ।