Ganthan News Pokhara
All news from Pokhara & around

यस वर्ष पनि पामे असारे रोपाई महोत्सव हुने

पोखराको पामे भएको रोपाई महोत्सवमा तस्बिरः सञ्जय शाक्य
0

पोखरा, २ असार / फेवा क्लबको आयोजना पोखरा २४ पामेमा असारे रोपाई महोत्सव हुने भएको छ ।

अघिल्लो वर्ष पोखरा पर्यटन परिषद् सगँ मिलेर रोपाई महोत्सव गरेको क्लबले यस वर्ष पनि आयोजनामा रोपाई महोत्सव गर्न लागेको हो ।

रोपाई सबैका लागि भन्ने नाराका साथ असार १५ गते रोपाई महोत्सवको आयोजना गरेको फेवा क्लबका अध्यक्ष दिपक पुरीले जानकारी दिए ।

पोखरा २४ पामे स्थित देबी पुरी, गंगा गिरी र नबराज पराजुलीको करिब ६ रोपनी जग्गामा रोपाई महोत्सव गर्न लागेको पुरीले जानकारी दिए ।

उनले महोत्सवमा स्वदेशी र विदेशीले सहभागीता जनाउने बताए । उनले कृष्ति पर्यटन र कृषिमा बढावा दिने उद्देश्यले महोत्सव आयोजना गरेको उनले बताए ।

कार्यक्रममा हल गोरु दौड, असारे गीत प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्सा कसी प्रतियोगिता, हिलोमा भलिबल प्रतियोगिता उनले उनले जानकारी दिए ।

पामे स्थानीय माछा खानाका लागि प्रख्यात ठाउँ हो । पोखराको हल्लनचोक देखि पामेसम्म ७ किलोमिटर दुरीमा पर्दछ । सोही सडकमा ट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजना सडक दौड प्रतियोगिता समेत हुने उनले बताए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु