१३ औ असारे रोपाई महोत्सव पोखराको महतगौडामा

पोखरा, २५ जेठ /पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुदै आएको असारे रोपाई महोत्सव महतगौडामा हुने भएको छ । “पोखरा सबै मौसमका लागी” भन्ने मुल नाराका साथ १३ औ असारे रोपाई महोत्सव आषाढ १५ गते पोखरा–१७ महतगौडामा आयोजना हुने पोखरा पर्यटन परिषले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

महोत्सव पोखरा–१७ महतगौडाका राम भण्डारी एवं विक्रम भण्डारीको ६ रोपनी क्षेत्रफल खेतमा आयोजना गरीने समयोजक डम्वर केसीले जानकारी दिए । महोत्सवमा साउने प्रतियोगिता (हलगोरुको दौड, आमा समुह बिच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने हिलोमा दौड ,रस्सा कसी लगाएतका प्रतियोगिता आयोजना गरीने परिषदका अध्यक्ष सोम थापाले जानकारी दिए ।

महोत्समा स्थानिय एव कास्की जिल्लामा उत्कृष्ट कृषकलाई सम्मान रहेको महासचिव रामु गौतमले जानकारी दिए । महोत्सव एघार लाख पन्ध्र हजार खर्चको हुने आयोजकको अनुमान छ । व्यवस्थापनको लागि नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति कास्की, पोखरा उपमहानगरपालिका कास्की, पोखरा उद्योग बाणिज्य संघ लगायत विभिन्न संघसंस्था एवं व्यवसायिक प्रतिष्ठानहरु सँग समन्वय भैरहेको आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय ३ हजार तृतिय २ हजार पुरस्कारको ब्यवस्था गरेको गौतमले वताए । महोत्सवमा पाँच सय बिदेशि सहभागी गराउने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...