२३ वर्ष पुरानो कीर्तिमान तोड्दै रोहित पौडेलको क्रिकेटमा कीर्तिमान

काठमाडौं, १३ माघ /नेपाली क्रिकेट खेलाडी रोहित पौडेलले २३ वर्ष पुरानो कीर्तिमान तोड्दै क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले २३ वर्ष अगाडि बनाएको रेकड नेपाली खेलाडी रोहित पौडेलले तोडेका छन् ।

अफ्रिदीको नाममा रहेको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पौडेलले लेखाएका हुन् । युएईविरूद्ध जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका लागि सातौ नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले अर्धसतक र्पुयाउँदै कीर्तिमान बनाएका हुन् । उनले ५८ बल खेल्दै ७ चौकासहित ५५ रन बनाए ।

सन् १९९६ मा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै शतक बनाएका थिए । उनले मात्र ४० बलमा ११ छक्का र ६ चौकासहित १०२ रन बनाएका थिए ।

त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो । रोहित पौडेलले माघ १२ गते अर्धसतक प्रहार गर्दा उनको उमेर १६ वर्ष १४६ दिन रहेको छ ।
यो रेकर्डको पहिलो नम्बरमा रोहित हुँदा दोस्रोदेखि चौथो नम्बरसम्म शाहिद छन् । पाँचौ नम्बरमा हङकङका अंशुबन रथ छन् भने छैठौंदेखि आठौं नम्बरसम्म पुनः अफ्रिदीनै छन् ।

कमेन्टहरु
Loading...