माछापुच्छे« आधार शिविरमा विश्वकै अग्लो स्थानमा उद्धार केन्द्र स्थापना

पोखरा, १५ कात्तिक / पदयात्रामा हुने जोखिम कम गर्न कास्कीको अन्नपूर्ण गाउँपालिकाको माछापुच्छ«े हिमालको आधार शिविरमा उद्धार केन्द्र स्थापना भएको छ । अन्नपूर्ण हिमाल क्षेत्रको अन्नपूर्ण अधारशिविर तर्फको पदयात्रामा जाने पर्यटक संकटमा परेको बेला ड्रोनको समेत सहयोगमा उद्धार गर्ने प्रविधि सहित उद्धार केन्द्र स्थापना भएको हो ।

हराएको खोजीमा उडेको ड्रोनको क्यामराले खिचेको तस्बिर उद्धार सेन्टरमा राखिएको कम्प्युटरमा सिधै जाने प्रविधि सहति उद्धार केन्द्र सञ्चालनमा आएको हो । ड्रोनले हराएका पदयात्रु, आरोहीको खोजी मात्र गर्दैन प्राथामीक उपचारका सामाग्री समेत हराएका मान्छेलाई पु¥याउने छ ।

कोरिया टेलीकमको आर्थिक सहयोग र अम होर गिल ह्युमन फाउण्डेशन कोरिया, नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा रेस्क्यु सेण्टर स्थापना भएको छ । विश्वमै पहिलो पटक यति उच्च स्थानमा सुबिधा सम्पन्न रेस्क्यु सेण्टर स्थापना भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्त विर लामाले बताए ।

माछापुच्र्छे आधार शिविरमा स्थापना गरिएको नेपाल अन्नपूर्ण उद्धार केन्द्रको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । उद्घाटन पछि पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले रेस्क्यु सेण्टर स्थापना संगै अन्नपूर्ण क्षेत्रको पदायत्रामा जाने पर्यटक सुरक्षित हुने बताए ।

सामाजिक उत्तरदायित्व अन्र्तगत कोरियन टेलीकमले रेस्क्यु सेण्टरको स्थापना गरेको कोरियन टेलिकमका उपनिर्देशक म्याङ गन चुङले बताए । रेस्क्यू सेण्टर स्थापना संगै अव यस्तो अवस्था नदोहोरिने विश्वास छ । विगतमा हराए पछि मात्र खोजि गरिने भएकोले समस्या थियो ।
अन्नपूर्ण क्षेत्रमा माण्टेनर र ट्रेकर्शहरुको सेफ्टीका लागि नयाँ टेक्नोलोजी ल्याइएको नेपाल पर्वतारोहण संघका अध्यक्ष लामाले बताए ।

माछापुच्छे« आधार शिविरमा विश्वकै अग्लो स्थानमा उद्धार केन्द्र स्थापना
माछापुच्छे« आधार शिविरमा विश्वकै अग्लो स्थानमा उद्धार केन्द्र स्थापना

विगतमा हराइसकेपछि मात्र खोजीने भएकोले खोजतलासमा समय लाग्ने गथ्यो । मृत्यु भएपछि मात्र उद्धार हुने अवस्था थियो । अव ट्रयाकिङ सिस्टम समेत प्रयोगमा आएकाले त्यस्तो अवस्था नरहने उनले बताए । विश्वका आठ हजार अग्ला १४ हिमाल आरोहण गरेको पर्वातारोही तथा हम होर गिल ह्युमन फाउज्डेशनका कार्यकारी निर्देशक अम होर गिलले सबै भन्दा जोखिम आरोहण अन्नपूर्ण प्रथम आरोहण गर्दा भएको सम्झना गरे । त्यती बेला नै आफु संग गएका धेरै साथीको मृत्यु भएको पनि उनले स्मरण गरे ।

अन्नपूर्ण क्षेत्रमा उद्धार केन्द्र स्थापना पछि पदयात्रा क्षेत्र सुरक्षित हुने विश्वास उनको छ । उद्धार केन्द्रको कोरियन टेलकमले दुई वर्ष सम्म सघाउने छ । स्थानीय युवालाई रेस्क्युकालागि प्राविधिक तालिम समेत दिने छ । नेपालका अन्य हिमाली क्षेत्र र तराई क्षेमा हुने आपतकालीन अवस्थामा उद्धारकालागि समेत यो प्रविधि लग्न मिल्ने गरि कोरियन टेलिकम, हम होर गिल ह्युमन फाउण्डेशन कोरिया र नेपाल पर्वतारोहण संघ बिच सम्झौता समेत भएको संघका अध्यक्ष लामाले बताए ।

कमेन्टहरु
Loading...