फेवाताल किनारको रानीवनमा आगलागी

पोखरा, १९ बैशाख/फेवाताल किनारमा रहेको रानी वनमा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय जुटे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

फेवाताल किनारको रानीवनमा आगलागी तस्विर ः प्रदिप पौडेल
फेवाताल किनारको रानीवनमा आगलागी तस्विर ः प्रदिप पौडेल

आगो नियन्त्रणका लागि शसस्त्र प्रहरीका १६ र प्रहरीका १९ जना खटिएको प्रहरीले जानकारी दिएको छ । कास्कीका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढ्दै गएको छ । जिल्लाका विभिन्न सामुदायिक तथा निजी गरी हाल ४० वढि वनमा आगलागी भएको जिल्ला वन कार्यालयले जनाएको छ । नियन्त्रणका लागि स्थानीयबासी र प्रहरी सक्रिय भए पनि बढ्दो खडेरी र गर्मीका कारण नियन्त्रण बाहिर रहेको प्रहरीको भनाई छ ।

आगलागीले मानवीय क्षति भएको छैन यद्यपि लाखौ रुपैयाँ बराबरको क्षति भएको छ । कास्कीका २० हेक्टर क्षेत्रमा डढेलोले असर पारेको छ । पोखराका छिमेकी गाउँ पुम्दीभुम्दी, लुम्ले, लामाचौरको घार्मी, पंचासे क्षेत्रका वनमा केही दिनदेखि आलगी भएको हो ।

कमेन्टहरु
Loading...