संविधान दिवसमा कास्की डिएसपी केसीलाई प्रताप सुभुषण पदक

पोखरा, ३ असोज / संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ८२ अधिकृत तथा जवानहरुले विभिन्न पदकहरुबाट विभुषित हुने भएका छन् । बिभुषण छनौट समितिले गरेको निर्णय अनुसार नेपाल प्रहरीको विभिन्न दर्जाका कर्मचारीले राष्ट्रपतिबाट मानपदवी, अलङ्कार र पदकले बिभुषित पाउने छन् ।

त्यसै गरि कास्की जिल्ला प्रहरी कार्यालयमा कार्यरत डिएसपी राजकुमार केसीले प्रताप सुभुषण पदक पाउने भएका छन् । त्यसै गरि कास्कीमा रहेर काम गरेर गैसकेका अहिलेका डिआईजी केदार रिजाल, एसपी ओमबहादुर राना, पोखरा डिएसपी भएर काम गरेका नविन कार्की पनि पदक पाने भएका छन् ।

डिआईजीहरु केदार रिजाल, दीपककुमार थापा, डा. राजिव सुब्बा, पिताम्बर अधिकारी, महेन्द्रकुमार पोखरेल, कमलबहादुर जिटि, एसएसपीहरु सहकुलबहादुर थापा, अरुणकुमार बिसि र डा. दीपक श्रेष्ठले सुप्रवल जनसेवाश्री पाउने भएका छन् ।

एसपीहरु कुबेर कडायत, दुर्गा सिंह, मनोज केसी, प्रवीण पोखरेल, सिद्धीबिक्रम शाह, ईश्वर कार्की, ओमबहादुर राना, डिएसपीहरु ऋषिराम कंडेल, सन्तोष तामाङ, संजयसिंह थापा, नवीन कार्की, टेकुनन्द इवा लिम्बु, कमला लामा, गोविन्दराज काफ्ले, मिमबहादुर लामा, होविन्द्र बोगटी, इन्स्पेक्टरहरु पुर्णिमाकुमारी चन्द, भरत बहादुर शाह, राजेशराज पुरी, सविनकुमार संग्रौला, शर्मिला गुरुङ र प्रमेश बिस्टलाई प्रबल जनसेवाश्रीले बिभुषित गरिने भएको छ ।

डिआईजी सुरज केसी, एसएसपी अरुणकुमार भण्डारी, एसपी शेखर खनाल, डिएसपीहरु राजेन्द्रप्रसाद धमला, रुगमबहादुर कुँवर, रमेशबहादुर सिंह, किरणजङ्ग कुँवर, राजकुमार केसी, उद्धवसिंह भाट, इन्स्पेक्टरहरु दीपक थापा, पुरुषोत्तम राउत क्षेत्री, योगेन्द्र तिमिल्सिना र कुमारप्रसाद मैनालीले नेपाल प्रताप सुभुषण पाउने भएका छन् ।

प्रहरी नायब निरीक्षक (सई) हरु मनोज राना मगर, अनन्तराज थापा, महेश केसी, ईश्वर राउत, प्रकाश पण्डित, जयकुमार राई, निरु सुवेदी, इमानबहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक (असई) हरु फुलमाया क्यापछाकी, केशव सुयल थापा, प्रहरी हवल्दारहरु मन्देकाजी श्रेष्ठ, सुशील दंगाल र प्रहरी जवान डोलराज पाण्डेले जनसेवाश्री पदक पाएका छन् ।

त्यस्तै प्रहरी नायब निरीक्षक (सई) हरु सागर शमशेर जबरा, सुक्रराज थापा, रमेश थापा, सन्तोष लामा, भक्त क्षेत्री, शशी थापा, सन्तकुमार राई, लोकदर्शन देवकोटा, वसन्त दाहाल, खेमराज खनाल, गुरुप्रसाद पराजुली, सन्तोष रुपाखेती, प्रहरी सहायक निरीक्षक (असई) हरु गोकुल खत्री, जिवनाथ खतिवडा, पारसबिक्रम शाह, कृष्णसुन्दर बिस्ट, अनुकुमारी राई, अर्जुन घिमिरेले नेपाल प्रताप आभुषण पाउने भएका छन्।

त्यसैगरी प्रहरी जवानहरु प्रकाश कठायत, विदुर खत्री, सगुन कटुवाल, सुरेन्द्र ठाकुर हजाम, मनोजसिंह पेला, नारायण रावल, खेमनाथ भट्टराई र सुरेन्द्र माझी नेपाल प्रताप भुषणले बिभुषित हुने भएका छन् । शुक्रबार संविधान दिवसको अवसर पारेर सरकारले घोषणा गरेको हो ।

कमेन्टहरु
Loading...