रविन्द्र अधिकारीका अधुरा सपना पुरा गर्ने प्रतिवद्धता

पोखरा, २१ फागुन /हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका अधुरा सपना पुरा गर्ने पोखरामा आयोजित श्रद्धाञ्जली सभामा प्रतिवद्धता व्यक्त गरेका छन् । निधनको सातौ दिन अधिकारीकै निवासमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीद्धारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा संगठक र विकास प्रेमी नेताका रुपमा अधिकारीको स्मरण गरे ।

श्रद्धाञ्जली सभामा नेकपा स्थानीय कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले अधिकारीको निधनले राष्ट्र र नेकपाको पार्टी संगठनमा अपुरणीय क्षति पुगेको बताए । पर्यटन क्षेत्रको विकासमा अधिकारीले पु¥याएको योगदान अतुलनीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले मन्त्री अधिकारीले शुरु गरेका पोखरा, निजगढ, गौतमवुद्ध जस्ता विमानस्थल समयमै सम्पन्न गर्नुपर्ने बताए ।

सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्रयाउने अधिकारीको योजनालाई साकार पार्न उनले तीनवटै तहका सरकारको सकृयता र समन्वय आवश्यक रहेको बताए । नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज एवम् पूर्वमन्त्री खगराज अधिकारीले देशमा समृद्धि एवम् विकासका लागि उनले खेल्नुभएको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले थालेका अपुरा कामलाई सम्पन्न गर्नुपर्ने बताए ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवम् पूर्वमन्त्री हितराज पाण्डेले युवा पुस्तालाई राज्यको मुलधारमा ल्याउनु पर्दछ भन्ने सोच भएका नेताकारुपमा अधिकारीको स्मरण गर्दै उनले विचारलाई आत्मसात गरि अघि बढ्नु पर्ने बताए । मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले राज्य, पार्टी तथा आम समुदायले स्वर्गीय अधिकारी र परिवारलाई व्यक्त गरेको साहानुभूति प्रति आभार व्यक्त गर्दै उनले अघिसारेका विचार एवम् विकास निर्माणलाई साकार पर्नु पर्ने बताइन् ।

कार्यक्रममा स्वर्गीय अधिकारीका परिवालाई पार्टीको तर्पmवाट समवेदना पत्र प्रदान गरिएको थियो । नेकपा कास्कीका संयन्त्र एवम् प्रदेश सभा सदस्य दिपक कोइरालाको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा संयन्त्र सदस्य कृष्णबहादुर थापा र दामोदर बैरागीले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्नु पर्नेे आवश्यकता औल्याएका थिए ।

फागुन १५ गते ताप्तेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन हुनु भएका अधिकारीको १७ गते सेतीनदीस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको थियो । स्वर्गीय अधिकारीको आज सातौ दिनका दिन गरिएको सुद्धासुद्धी सहीत श्रद्धान्जली सभामा उपस्थितहरु भावविहल भएका थिए ।

कमेन्टहरु
Loading...