पुष्पा केसीको मृत्यु प्रकरण छानवीन माग गर्दै वडाध्यक्ष र स्कुल परिवार

पोखरा, १८ भदौ / पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीन माग गर्दै उनी अध्ययन गरेकी

विन्ध्यवासिनी माविले ध्यानाकर्षण गरएको छ । सोमबार कास्की प्रहरी प्रमुख ओम रानालाई भेटेर स्कुलका प्राचार्य

केपी आचार्य, सांसद प्रभा कोइराला र वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले संयुक्त रुपमा ध्यानाकर्षण पत्र

बुझाएका हुन् ।

उनीहरुले सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा कारबाहीको माग गरेका छन् । यसअघि पनि स्थानीयहरुले

घटनाको छानवीन माग गर्दै दवावमुलक कार्यक्रम गरेका थिए । विद्यार्थी संगठन र स्वतन्त्र युवाहरुको पनि

ध्यानाकर्षण सहित हत्या भएको भन्दै कारबाही गर्न माग गरे ।

कमेन्टहरु
Loading...