पोखरा विश्वविद्यालयः विद्यार्थी फेल भएपछि कर्मचारी दिनभर कार्यलयमा थुनिए

लेखनाथ, २८ साउन / पोखरा विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलयका कर्मचारीलाई विद्यर्थाीले सोमवार दिनभर कार्यलय भित्र नै थुनेका छन् ।

व्यवस्थापन संकायमा धेरै विद्यार्थी फेल भएको र त्यसको पुन नतिजा प्रकाशन गर्न माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको आन्दोलनका संयोजक अनुप अधिकारीले जानकारी दिए ।

व्यवस्थापन संकायका विविए र विआईको नतिजा प्रकाशन हँुदा अनियमिता र भद्रगोल भएको हुँदा आन्दोलनमा उत्रिएको विद्यार्थीहरु वताउँछन् । साथै पुन नतिजा प्रकाशन र परिक्षा दिएको पेपर हेर्न पाउनु पर्ने विद्यार्थीहरुले माग गर्दै आएका छन् ।

यस विषयमा विवाद मिलाउन स्ववियु अध्यक्ष सुनिल तिमिल्सेना लगायत पदाधिकारी आएपनी उनिहरुले विद्यार्थीको मागलाई सम्वोधन नगरेका आन्दोलन समितिका नेता फिरोज सुवेदीले आरोप लगाएका छन् ।

यस सम्वन्धमा रिचेकिङ्गको म्याद विद्यार्थीहरुको आग्रह अनुशार थप्न सकिने तर वार्ता र संवाद मार्फन आउन व्यवस्थापन संकायका डिन हरि वहादुर खड्काले जानकारी दिनुभयो ।

विथार्थीले माग गरे अनुशार उत्तर पुस्तिका हेर्ने व्यवस्था र निमय विश्वविद्यालयमा नभएको हँुँदा र विद्यार्थीलाई मर्का परेको भए परिक्षा समितीमा छलफल गरेर मिलाउने परिक्षा नियन्त्रक भरतराम ढुंगानाले जानकारी दिनु भयो ।

उहाँले स्तातक तहमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो चित्त नवुझेको कुरा लिखित रुपम प्रस्तुत गर्न आग्रह गर्नु भएको छ ।

सोमवार दिनभर नै पोखरा विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलय भित्र रहेका करिव ४० जना कर्मचारीलाई भित्र नै राखी विद्यार्थीले वाहिरवाट तालाबन्दी गरेका थिए ।

कमेन्टहरु
Loading...