जनताको आधारभुत अधिकार संविधानले प्रत्याभुत गरेको छ- मुख्यमन्त्री गुरुङ

पोखरा, ३ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

संविधान दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संविधानले संघीयता, धर्मनिरक्षेता, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायत सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको समेत बताएका छन् ।

नेपाली जनताको लामो संघर्ष, त्याग र वलिदानबाट प्राप्त महत्वपुर्ण उपलब्धीको रुपमा पहिलोपटक जनताका प्रतिनिधीमार्फत संविधान निर्माण भएको संविधान राजनैतिक एवं संवैधानिक इतिहासमा यूगिन महत्वको दिन रहेको समेत मुख्यमन्त्री गुरुङले अथ्र्याएका छन् ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरा गर्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएको र संविधान दिवसले यसतर्फ लाग्न सबैलाई प्रेरणा मिलोस भनि कामना समेत मुख्यमन्त्रीले गरेका छन् ।

कमेन्टहरु
Loading...