उद्देश्य हाम्रो गाह्रो छ तर हिम्मत ठुलो छ‐ मुख्यमन्त्री गुरुङ

फलेवास, ११ कार्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशले राखेका लक्ष्यहरु कठिन भएपनि उच्च मनोबल सहित आफुहरु अगाडि बढिरहेको बताएका छन । प्रतिव्यक्ति आय दुई हजार डलर पु¥याउने, गरिवीको रेखामुनिका जनसख्या ५० प्रतिशत कमगर्ने जस्ता लक्ष्यहरु चुनौतीहरु रहेको उनले स्वीकार गरे ।

यद्यपि विभिन्न अवास्थाहरु विश्लेषण गर्दा यी उदेश्यहरु पुरा गर्न सक्ने भएकाले ठुला आत्मविश्वास सहित प्रदेश सरकार अगाडि बढिरहेको मुख्यमन्त्री गुरुङको भनाई छ । दोविल्ला फलेवास सडक कालोपत्रे योजनाको आइतबार शिलान्यास गर्दै पर्यटन, कृषि, उद्योग र जलविद्युतको माध्यामबाट उल्लेखित उदेश्यहरु पुरा गर्न सकिने बताए ।

‘दुई हजार डलर प्रतिव्यक्ति आम्दानी पु¥याउने काम आकाशको तारा टिप्ने र समुंद्रको मोति जस्तै कठिन काम हो’ उनले भने ‘तर पर्यटन, कृषि, उद्योग र उर्जाको माध्यामबाट यो चीज संभव छ ।’ गत बर्ष प्रदेशको आर्थिक बृद्धिदर लक्ष्य भन्दा एक प्रतिशत बढेर सात प्रतिसत पुगेको दृाष्टान्त दिदै मुख्यमन्त्री गुरुङले निकट भविष्यमा यसलाई दोहोरो अंकमा पु¥याउन सकिने बताए ।

यो आधारमा १४ प्रतिशत रहेको गरिवीको दर सात प्रतिशतमा झार्न कठिन नहुने मुख्यमन्त्री गुरुङको भनाई छ । प्रदेशको औसत आयुलाई ७५ बर्ष पु¥याउने लक्ष्य पुरा गर्न स्वास्थ्य क्षेत्रलाई स्तरीय बनाइने मुख्यमन्त्रीले बताए । पाच बर्ष भित्र प्रदेशको जिल्ला अस्पतालमा कुनै पनि प्रकारको औषधी कमी हुन नदिइने आवस्थामा पु¥याइने प्रतिवद्धता समेत उनले गरे ।

कार्यक्रममा बोल्दै ंसंघीय सांसद पदम गिरि, गण्डकी प्रदेशका भोैतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत र उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री विकास लम्सालले काम समयमा सम्पन्न गर्नका लागि स्थानीयले खबरदारी गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

१० किलोमिटर बाटो कालोपत्रे हुदै

गण्डकी प्रदेशले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा क बर्गको सडक बनाउनले लक्ष्य अनुसार दोविल्ला फलेवास सडक खण्ड कालोपत्रे गर्न लागिएको हो । यो लक्ष्य अनुसार ९ दशमलव ८ प्रतिशत सडक कालोपत्रे हुनेछ । यो सडकको चौडाई नाली सहितको ८ मिटरका हुनेछ ।

प्यासेफिक फेवा निर्माण कम्पनीले यो सडक निर्माण गर्नका लागि २६ करोडमा सम्झौता गरिसकेको छ । आउदो २ बर्ष भित्रमा काम पुरा गरिसक्ने लक्ष्य राखिएको छ । प्रोजेक्ट म्यानेजर दायराम अधिकारीका अनुसार यो सडक खण्डमा ४१ वटा हिमपाइप राखिने सम्झौता समेत भएको छ । यो बर्ष पर्वतको विभिन्न ठाउमा संघ सरकारबाट ११ र प्रदेश सरकारबाट ४० गरी ५१ वटा सडकका लागि बजेट विनियोजन भएको छ ।

कमेन्टहरु
Loading...