गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ अमेरिका प्रस्थान

पोखरा, १५ कात्तिक / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साताव्यापी भ्रमणका लागि सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकी डिपार्टमेण्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, मुख्य न्याधिवक्ता डाक्टर राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन ।

भ्रमणको क्रममा संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहवीच समन्वय स्थापित गर्न सघाउने विभिन्न राज्यका तालिममा भ्रमण टोलीले भाग लिनेछन । मुख्यमन्त्री गुरुङका अनुसार प्रहरी र न्याय समितिहरुले तहगत रुपमा गरेका समन्वयको विषयमा भ्रमण टोलीले विस्तृत अध्ययन गर्नेछ ।

‘अमेरिकी राज्यहरुमा संघ र राज्यका प्रहरीहरुले कसरी समन्वय गरेर काम गरेका छन, यसमा भ्रमण केन्द्रित हुनेछ’ मुख्यमन्त्री गुरुङले भने ‘महान्याधिवक्ता, मुख्यन्यायधिवक्ता र स्थानीय न्याय समितिहरुले कसरी समन्वय गरेर काम गरेका छन यसमा पनि अमेरिकाबाट सिक्न चाहन्छौ ।’ उनका अनुसार संघीयतामा होरिजेण्टल र भर्टिकल चेन अफ कमाण्ड कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल गर्न विभन्न राज्यका प्रतिनिधिहरुसंग भेट गर्ने कार्यक्रम तय भएको छ ।

महान्यायधिवक्ता र मुख्यन्यायधिवक्ताको कार्यलायले गर्ने स्थानीय तहमा हुने शान्ति समितिले कसरी सहयोग र सहकार्य गर्न सक्छ भन्ने विषयमा समेत भ्रमणको क्रममा छलफल हुनेछ । प्रहरीले नागरिकसंग गर्ने व्यवहार र स्थानीय तहमा मेलमिलापको कार्यक्रमहरु प्रभावकारी बनाउने विषयमा समेत त्यहाको स्थानीय तहको प्रतिनिधिसंग छलफल हुनेछ ।

मुख्यमन्त्री गुरुङको टिमलाई पोखरा विमानास्थलमा आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङ, उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द नेपाली, लगायतले विदाई गरेका थिए ।

कमेन्टहरु
Loading...