पोखरामा ६ करोड लगानीमा चिकेन पोइन्ट र अत्याधुनिक बधशाला संचालनमा

पोखरा, ८ माघ /पोखरा १७ पार्दि विरौटामा चिकन पोइन्ट र अत्याधुनिक पोल्टी बधशाला सञ्चालनमा आएको छ । फेवा मिट प्रोडक्ट्स प्रा.लि.ले सञ्चालन गरेको उद्योगको मंगलबार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे । उनले गुणस्तरिय खाद्य पदार्थ उत्पादन ठुलो उपलब्धी भएको बताए ।

चिकेन पोइन्ट
चिकेन पोइन्ट

कुखुरा तथा कुखुराजन्य बस्तुको माग बढी भएकोले पोखरामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकन पोइन्ट संचालनमा ल्याएको फेवा मिट प्रोडक्ट्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा चन्द्रकान्त बरालले बताए । उनले गण्डकी प्रदेशमा दैनिक ४५ हजार कुखुराको मासु खपत हुदै आएको फेवा मिटले करिब ६ प्रतिशत अर्थात दैनिक २ हजार ५ सय केजी कुखुरा विक्रि गर्दै आएको बरालले जानकरी दिए ।

ईटलीबाट ल्याएको अत्याधुनिक मेसिनले दैनिक करिब ४ हजार कुुखुरा स्लटीङ गर्न सकिने उनले बताए । अन्तराष्ट्रिय बजारमा लैजान सक्ने गरी गुणस्तर उत्पादन गर्ने उनको भनाई थियो ।

फेवा मिट प्रोडक्ट अन्र्तगत चिकेन पोईण्टले चिकेनका ७ प्रोडक्ट बजारमा ल्याएको प्रा.लि.का अध्यक्ष सूर्यप्रसाद बरालले बताए । पोखरा क्षेत्रमा स्तरिय खाजा, रेष्टुरेण्ट कम मात्रमा भएकोले बजारको माग अनुसार आफुहरुले चिकेन प्वाईन्टबाट खाजाका विभिन्न परिकार बजारमा ल्याउने उनले बताए । चिकेन रोल, चिकेन फ्राई, चिकेन ग्रिल फ्राई, चिकेन विर्यानी, चिकेन वन, चिकेन सोर्मा, लगायतका खाजाका आईटहरु उपलब्ध हुने बरालको भनाई थियो ।

पोखरामा होम डेलिभरी गरी करिब एक घण्टा भित्र खाजाको आइटम घर मै पुराउने लक्ष्य रहेको उनले बताए । फेवा चिकन पाइन्टमा ५५ जनालाई प्रतक्ष्य रोजगार पाएको उनले बताए । बधशाला तथा चिकन पोइन्टमा करिब ६ करोड लगानी भएको उनले बताए ।

पोखरामा खुल्यो चिकेन पोर्ईण्ट, चिकेनका ७ प्रोडक्ट घर मै मगाउन पाइने (भिडियो सहित)

कमेन्टहरु
Loading...