दर्शन सहकारीको अध्यक्षमा राजाराम शाही चयन

पोखरा । दर्शन बचत तथा ऋण सहकारी सहकारीको अध्यक्षमा राजाराम शाही चयन भएका छन् । सहकारीको १३ औं साधारण सभा तथा पाँचौं अधिवेशनले राजाराम शाहीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

त्यस्तै अधिवेशनबाट समितिको उपाध्यक्षमा लक्ष्मण मल्ल, सचिव ज्योति हमाल, कोषाध्यक्ष चित्र बहादुर मल्ल, सह सचिव लक्ष्मी मल्ल, सदस्यमा लक्ष्मी कुमारी खाँण, मैना सेन, मोहन शाही र लब बिक्रम खाँण चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष राजाराम शाहीले सहकारीको गरिमालाई अझ माथी उठाउने प्रतिवद्धता व्यक्त गरे । विगतका झै सहकारीको आर्थिक पारदर्शितालाई निरन्तरता दिँदै पोखराकै नमूना सहकारीको रुपमा अगाडी बढाउने शाहीले बताए ।

अधिवेशन अगाडीको कार्यक्रमको अध्यक्षता गरेका सहकारीका अध्यक्ष बिष्णु उच्चै ठकुरीले अहिलेसम्मको माया, साथ र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रग गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ की वडाअध्यक्ष राधिका कुमारी शाहीले दर्शन सहकारीलाई कास्की जिल्लामै नमुना सहकारी बनाउन शुभकामना व्यक्त गरिन् ।

कमेन्टहरु
Loading...