पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि शसस्त्र प्रहरीलाई

पोखरा, २९ असोज / पोखरामा चीनिया पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल (एपीएफ) जितेको छ ।

२२ किलोमिटर दौड, १९ किलोमिटर साईक्लिङ र १.२ किलोमिटर बोटिङ (डुंगा) गर्दै ४२.२ किलोमिटरको दुरी तय गर्ने क्रममा चीनियाँ टोलीलाई पछि पार्दै शसस्त्र टोलीले ४ घण्टा १७ मिनेट २२ सेकेण्डको दुरी पुरा गरे । शसस्त्र प्रहरी बलको टोलीको सदस्यमा सन्तोषविक्रम विष्ट, गणेश खत्री र ईन्द्रकला नेम्वाङ थिए ।

पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड
पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड

उनीहरुलाई पछ्याएको गोरिल्ला टे«ल टिम भने एक मिनेट एक सेकेण्डले पछि पर्दै उपविजेतामा चित्त बुझायो । गोरिल्ला टे«ल टिमले ४ घण्टा १८ मिनेट २३ सेकेण्डको समय लगाएको थियो । बाराहीचोकस्थित खेलमैदानबाट शुरु भई १३४१ सय मिटरको उचाईको मट्टिखान रिर्सोट पुगेर फेवातालको किनार बाराहीचोकस्थित खेलमैदानमै आएर दौड टुंगिएको थियो ।

गोरिल्ला टिममा दुर्गाराज बुढा, रसिला तामाङ र दामोदर बुढामगर थिए । उनीहरु पोखरामा वर्षेनी आयोजना हुने पोखरा ट्र्ेल रेस सिरिजमा सहभागिता जनाउँदै आएका छन् । दौडको तेस्रो स्थानमा भने पाहुना टोली चीनको काइनेटिक टिम आईपुग्यो । आगन्तुक टोलीले ४ घण्टा २४ मिनेट ३३ सेकेण्डको समय निकाले । टोलीमा चेन इझेन, पाङ उई झु र लाइ यु जुन रहेका थिए ।

पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड
पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड

चीनियाँ टोलीका खेलाडीहरु एकल प्रतिस्पर्धा समेत उत्रिएका थिए । एकल प्रतिस्पर्धामा हाङ जीले ३ घण्टा ३९ मिनेट २७ सेकेण्डको समय लगाए । दोस्रो स्थानमा हाङसियान फाईले ३ घण्टा ५० मिनेट र तेस्रो स्थानमा हाउ उवान वेनले ४ घण्टा १ मिनेटको समयमा पुरा गरेका थिए । चीनबाट २६ सदस्यीय टोली दौडको लागि आईपुगेका थिए । ३ टिम र अन्य भने व्यक्तिगत प्रतिस्पर्धामा थिए । नेपाली खेलाडीहरु भने ६६ जना (२२ टिम) सहभागि थिए ।

कमेन्टहरु
Loading...